पीएसजी नछाडे नेइमारले ठूलो गल्ती गर्नेछन्–रिभाल्डो « Khabarhub

पीएसजी नछाडे नेइमारले ठूलो गल्ती गर्नेछन्–रिभाल्डो


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्सीली क्लब पीएसजीका ब्राजिलियन स्टार नेइमारले टिमका लागि र व्यक्तिगत रूपमा ठूला अवार्ड जित्न पेरिस छाड्नुपर्ने ब्राजिलका लिजेन्ड खेलाडी रिभाल्डोले बताएका छन् ।

ब्राजिलियन टिममा पूर्व खेलाडी रिभाल्डोले आफ्नो देशको टिमका कप्तानसमेत रहेका नेइमारको भविष्यबारे चिन्ता व्यक्त गर्दै नेइमारले पीएसजीबाट खास उपलब्धि नपाउने दाबी गरे ।

बार्सिलानाका पूर्वखेलाडीसमेत रहेका रिभाल्डोले नेइमारले बार्सिलोना छाड्नु करिअरको सबैभन्दा ठूलो गल्ती रहेको बताए ।

‘मैले पहिलेबाटै भन्दै आएको छु, नेइमारले बार्सिलोना छाड्ने निर्णय उनको करिअरको सबैभन्दा अपरिपक्व निर्णय थियो । सुरुमा उनले अर्कै सोचेर छाडेका थिए । तर, पीएसजी पुगेपछि त्यस्तो भएन,’ रिभाल्डोले भने, ‘उनका लागि बार्सिलोना नै सबैभन्दा उत्तम क्लब थियो ।’

रिभाल्डोले नेइमारले ठूला सफलता हात पार्न पीएसजी छाड्नु अवाश्यक रहेको बताए । ‘पीएसजी एक ठूलो क्लब हो । तर, नेइमारका लागि सही होइन । यदि उनी सफल हुन चाहन्छन् भने विकल्प जरुरी छ ।’

रिभाल्डोले नेइमारले पीएसजी नछाडे करिअरको अर्को गल्ती हुने पनि बताए । ‘उनले बार्सिलोना छाड्नु पहिलो गल्ती थियो । अब यदि पीएसजी छाडेनन् भने अर्को गल्ती हुनेछ,’ रिभाल्डोले भने ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ७ : ५६ बजे

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात