पीएसजी नछाडे नेइमारले ठूलो गल्ती गर्नेछन्–रिभाल्डो « Khabarhub

पीएसजी नछाडे नेइमारले ठूलो गल्ती गर्नेछन्–रिभाल्डो


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्सीली क्लब पीएसजीका ब्राजिलियन स्टार नेइमारले टिमका लागि र व्यक्तिगत रूपमा ठूला अवार्ड जित्न पेरिस छाड्नुपर्ने ब्राजिलका लिजेन्ड खेलाडी रिभाल्डोले बताएका छन् ।

ब्राजिलियन टिममा पूर्व खेलाडी रिभाल्डोले आफ्नो देशको टिमका कप्तानसमेत रहेका नेइमारको भविष्यबारे चिन्ता व्यक्त गर्दै नेइमारले पीएसजीबाट खास उपलब्धि नपाउने दाबी गरे ।

बार्सिलानाका पूर्वखेलाडीसमेत रहेका रिभाल्डोले नेइमारले बार्सिलोना छाड्नु करिअरको सबैभन्दा ठूलो गल्ती रहेको बताए ।

‘मैले पहिलेबाटै भन्दै आएको छु, नेइमारले बार्सिलोना छाड्ने निर्णय उनको करिअरको सबैभन्दा अपरिपक्व निर्णय थियो । सुरुमा उनले अर्कै सोचेर छाडेका थिए । तर, पीएसजी पुगेपछि त्यस्तो भएन,’ रिभाल्डोले भने, ‘उनका लागि बार्सिलोना नै सबैभन्दा उत्तम क्लब थियो ।’

रिभाल्डोले नेइमारले ठूला सफलता हात पार्न पीएसजी छाड्नु अवाश्यक रहेको बताए । ‘पीएसजी एक ठूलो क्लब हो । तर, नेइमारका लागि सही होइन । यदि उनी सफल हुन चाहन्छन् भने विकल्प जरुरी छ ।’

रिभाल्डोले नेइमारले पीएसजी नछाडे करिअरको अर्को गल्ती हुने पनि बताए । ‘उनले बार्सिलोना छाड्नु पहिलो गल्ती थियो । अब यदि पीएसजी छाडेनन् भने अर्को गल्ती हुनेछ,’ रिभाल्डोले भने ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ७ : ५६ बजे

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन