तस्वीरमा हेर्नुहोस्, रंगशालाको पुनर्निर्माण « Khabarhub

तस्वीरमा हेर्नुहोस्, रंगशालाको पुनर्निर्माण


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली खेलकुदको हब त्रिपुरेश्वर यतिबेलास्थित दशरथ रंगशाला परिसरमा अहिले चलहपहल बढेको छ ।

मंसिर १५ देखि शुरु हुने १३ औं दक्षिण एसियाली खेलकुदको उद्घाटन स्थल तथा फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तरगतको कुवेतविरुद्धको खेलका यहिँ रंगशलामा गर्ने तय भएको छ ।

साग मंसिर १५ गतेदेखि हुने भएपनि त्यसको १३ दिन अगाडि मंसिर ३ गते विश्वकप छनोट अन्तरगत कुवेतसँगको खेलका लागि अहिले रंगशालाको कामले तिव्रता पाएको छ ।

मैदानमा दुवो हरीयो हुँदैछ । तर, मैदान सम्याउने काम भने सकिएको छैन् । यस्तै, रंगशालाको सामान्य प्यारापिटमा सिट राख्ने काम भइरहेको छ । अहिले झण्डै २० प्रतिशत सिट राखिइसकिएको छ ।

रंगशालामा रहेको ‘फ्लड लाइट’ को परीक्षण यसअघि नै गरिसकिएको छ । स्कोर बोर्डको काम पनि सकिएको छ । त्यस्तै, खेलाडीका ड्रेसिङ रुम लगायतका आवश्यक पर्ने ‘रुम’ बनिसकेका छन् ।

रंगशालाको मुख्य शोभाका रुपमा रहेको भिआइपी प्यारापिटको निर्माणको काम भने मंसिर ३ मात्रै होइन सागमा पनि सकिन्छ कि सकिँदैन भन्ने शंका यथावत नै रहेको छ । तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाल भीआईपी प्याराफिट मंसिर ३ गते सम्भव नभएपनि सागसम्म बनिसक्ने दाबी गर्छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ८ : ४९ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता