तस्वीरमा हेर्नुहोस्, रंगशालाको पुनर्निर्माण « Khabarhub

तस्वीरमा हेर्नुहोस्, रंगशालाको पुनर्निर्माण


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली खेलकुदको हब त्रिपुरेश्वर यतिबेलास्थित दशरथ रंगशाला परिसरमा अहिले चलहपहल बढेको छ ।

मंसिर १५ देखि शुरु हुने १३ औं दक्षिण एसियाली खेलकुदको उद्घाटन स्थल तथा फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तरगतको कुवेतविरुद्धको खेलका यहिँ रंगशलामा गर्ने तय भएको छ ।

साग मंसिर १५ गतेदेखि हुने भएपनि त्यसको १३ दिन अगाडि मंसिर ३ गते विश्वकप छनोट अन्तरगत कुवेतसँगको खेलका लागि अहिले रंगशालाको कामले तिव्रता पाएको छ ।

मैदानमा दुवो हरीयो हुँदैछ । तर, मैदान सम्याउने काम भने सकिएको छैन् । यस्तै, रंगशालाको सामान्य प्यारापिटमा सिट राख्ने काम भइरहेको छ । अहिले झण्डै २० प्रतिशत सिट राखिइसकिएको छ ।

रंगशालामा रहेको ‘फ्लड लाइट’ को परीक्षण यसअघि नै गरिसकिएको छ । स्कोर बोर्डको काम पनि सकिएको छ । त्यस्तै, खेलाडीका ड्रेसिङ रुम लगायतका आवश्यक पर्ने ‘रुम’ बनिसकेका छन् ।

रंगशालाको मुख्य शोभाका रुपमा रहेको भिआइपी प्यारापिटको निर्माणको काम भने मंसिर ३ मात्रै होइन सागमा पनि सकिन्छ कि सकिँदैन भन्ने शंका यथावत नै रहेको छ । तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाल भीआईपी प्याराफिट मंसिर ३ गते सम्भव नभएपनि सागसम्म बनिसक्ने दाबी गर्छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ८ : ४९ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना