प्रियंका गान्धीको फोन ह्याक, मोदी सरकारले जासूसी गरेको कांग्रेसको आरोप « Khabarhub

प्रियंका गान्धीको फोन ह्याक, मोदी सरकारले जासूसी गरेको कांग्रेसको आरोप


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धीको फोन ह्याक गरिएको दाबी गर्दै केन्द्र सरकारमाथि प्रश्न उठेको छ ।

आइतवार भारतीय कांग्रेसको तर्फबाट पत्रकार सम्मेलन गर्दै मोबाइल ह्याक भएको र फोनमा ह्वाट्सएपले ह्याक भएको म्यासेज पठाएको थियो । त्यस समय पार्टी महासचिव प्रियंका गान्धी वान्ड्राको पनि ह्वाट्सएपको माध्यमबाट यस्तो म्यासेज आएको थियो ।

हालै फेसबुकको स्वामित्व वाला मेसेजिङ एप ह्वाट्एपले बताएको थियो कि इजरायलमा बनेको एक स्पाइवेयरबाट दुनियभरका १ हजार ४ सय मानिसलाई निशाना बनाएको थियो जसमा भारतीय पत्रकार तथा मानवअधिकारकर्मी पनि थिए ।

ह्वाट्सएपले ति मानिसलाई म्यासेज पठाएको थियो जसको फोन पेगासस नामको जासूसी सफ्टवेयरबाट ह्याक हुने आशंका छ । कांग्रेस प्रवक्ता रणदीप सुरजेवालाले पनि ह्वाट्सएपले यस्तै खालको म्यासेज प्रियंका गान्धीलाई पठाएको बताए ।

आइतवारको पत्रकार सम्मेलनमा सुरजेवालाले सरकार यो प्रकरणमा सहभागी भएको आरोप लगाए ।

उनले केन्द्र सरकार र भारतीय जना पार्टीमाथि जासूसीको आरोप लगाए ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ९ : २४ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म