समय सकिनै लाग्दा डीभी भर्नेहरुको भीड « Khabarhub

समय सकिनै लाग्दा डीभी भर्नेहरुको भीड


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले सन् २०२१ का लागि खुलाएको डीभी लोटरी भर्ने समय सकिनै लाग्दा डीभी भर्ने केन्द्रहरुमा सर्वसाधारणको बाक्लो भीड देखिएको छ ।

अमेरिकाले डीभी भर्नका लागि यसवर्षदेखि पासपोर्ट अनिवार्य गरेपछि राहदानी लिनेको भीड केही दिन अघि सम्म थियो । पासपोर्ट हात परेसँगै डीभी भर्नेको भीड देखिएको हो । न्यूरोडको इ–स्पट, बागबजारका यारा र माइक्रो डिजिटल लगायतका स्थानमा मानिहरु डीभी भर्नका लागि घन्टौं लाइनमा बसेका छन् ।

डीभी भर्ने समयसीमा नेपाली समयअनुसार नोभेम्बर ५ अर्थात कार्तिक १९ गते मंगलबार (भोलि) बेलुका पौने १० बजेसम्म रहेको छ । अर्थात त्यतिबेला सम्म डीभी लोटरी भर्न सकिनेछ ।

यसपटक डीभी लोटरीमा सहभागी हुनका लागि अमेरिकी सरकारले पासपोर्ट अनिवार्य बनाएको छ । डीभी लोटरी फर्म भर्दा पासपोर्ट नम्बर, पासपोर्ट जारी भएको देश, पासपोर्टको अवधि लगायतका विवरणहरु भर्नुपर्नेछ ।

पासपोर्ट पनि म्याद सहितको हुनुपर्नेछ । मुख्य आवेदकका हकमा पासपोर्ट आवश्यक परेपनि परिवारका अन्य सदस्यहरुको विवरण बुझाउँदा भने ती सदस्यहरुको पासपोर्ट नम्बर आवश्यक नपर्ने जनाइएको छ ।

यसपटक डीभी लोटरी भर्नका लागि बंगालादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिक रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, हैटी, इन्डिया, पाकिस्तान, जमैका, मेक्सिको, नाइजेरिया, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत र भियतनामका नागरिकहरु योग्य हुनेछैनन् ।

डीभी कार्यक्रममा सहभागी हुनका लागि १२ बर्षको कोर्ससहित हाइस्कुल वा सो सरहको पढाई पूरा गरेको हुनुपर्छ । यदि पढाईको योग्यता छैन भने अमेरिकी सरकारले तोकेका २ बर्षको तालिम वा अनुभव चाहिने जागिरमा विगत ५ बर्षमा २ बर्षको कामको अनुभव भएको हुनुपर्छ ।

अक्टोबर २ देखि नोभेम्बर ५ सम्म भरेको डीभी लोटरीको नतिजा सन् २०२० को मे ५ देखि आउन थाल्ने जनाइएको छ । यदि डीभी लोटरीका लागि छनौट भएमा र सबै योग्यता पूरा गरेमा सन् २०२० को अक्टोबरदेखि अमेरिकाको भिसा पाउन सकिनेछ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ९ : ४६ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर