जाडोमा हार्टअट्याकको जोखिम उच्च, कारण र बच्ने उपाय « Khabarhub

जाडोमा हार्टअट्याकको जोखिम उच्च, कारण र बच्ने उपाय


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–जाडो मौसममा हाम्रो शरीरले न्यानोपनको खोजिरहेको हुन्छ । जाडोमा चिसो हुने भएकाले धेरैले आफ्नो नियमित व्यायाम नै गर्दैनन् ।

जाडोको समयमा शरीरि निस्क्रिय  भएमा हृदयघात अर्थात हार्ट अट्याकको जोखिम बढ्न सक्ने चिकित्सकहरु बताउँछन् । मुटु संवेदनशील अंग हो । मुटुमा चिसोका कारण संक्रमण बढ्न सक्छ ।

जाडोको समयमा शरीरको नशाहरु साँघुरिने हुन्छन् । शरीरका नशाहरु साँघुरिदा मुटुको कार्यभार बढ्न जान्छ । यस्तो अवस्थामा हार्ट अट्याकको जोखिम उच्च हुने गर्छ ।  पछिल्लो समयमा मानिसहरुमा हार्टअट्याकको समस्या बढेको पाइन्छ ।

हार्टअट्याकका कारण

– निस्क्रिय जीवनशैली,

– शरीरमा कोलेस्टेरोलको मात्रा बढ्नु,

– उच्च रक्तचाप,

– मोटोपना ,

– सुर्तिजन्य पदार्थको प्रयोग,

–धुम्रपान र अत्याधिक मदिरा सेवन,

– वंशाणुगत गुण,

– अस्वस्थ्यकर खानपान,

– मानसिक तनाव

हार्ट अट्याकबाट बच्न यस्तो गर्नुस्

– उच्च रक्तचाप, माटोपना र सुगरलाई नियन्त्रण गर्ने,

– दैनिक आधा घण्टा शारीरिक व्यायम गर्ने,

– छाती दुख्ने समस्या छ भने समयमै स्वास्थ्य परीक्षण गराउने,

– तनावबाट मुक्त रहने,

– समय–समयमा मुटु परीक्षण गराउने,

–सक्रिय जीवनशैली अपनाउने,

–स्वस्थकर खानपानमा ध्यान दिने ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ४ : ३१ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको