बायोमेडिकलका लागि छानिएका स्वास्थ्य संस्थालाई सूचीकृत हुन आह्वान « Khabarhub

बायोमेडिकलका लागि छानिएका स्वास्थ्य संस्थालाई सूचीकृत हुन आह्वान


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसिया सरकारले विदेशी श्रमिकका हकमा बायोमेडिकल स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थालाई सहभागी हुन आवेदन खुलाएको गरेको छ ।

मलेसियाले नेपाल सरकारले सिफारिस गरेको १ सय २२ स्वास्थ्य संस्था मध्ये नयाँ ८६ स्वास्थ्य संस्थालाई बायोमेडिकल स्वास्थ्य परीक्षणमा सहभागी हुन आवेदन खुलाएको जनाएको छ ।

मलेसियाले कामदार लिँदै आएका १४ वटै देशबाट कामदारको स्वास्थ्य परीक्षण गर्ने जिम्मा पाएको बेस्टिनेट एसडीएन बीएचडीले लिँदै आएको छ ।

मलेसियाको अध्यागमन विभागले सोमबार https://fwcms.com.my वेबसाइट मार्फत सार्वजनिक सूचना जारी गर्दै मलेसियाको बायोमेडिकल गर्न इच्छुक संस्थाका लागि आवेदन खुला रहेको जानकारी गराएको हो । एक महिनाभित्र सूचिकृत हुन आग्रह गरिएको छ ।

नेपाल र मलेसियाबीच २०७५ कार्तिक १२ गते श्रम समझदारी भएको थियो । श्रम समझदारी पश्चात दुई देशका अधिकारी सम्मिलित प्राविधिक समितिको गत सेप्टेम्बर १० देखि १२ गतेसम्म मलेसियामा बसेको दोस्रो संयुक्त बैठकले १ सय २२ संस्था मध्ये थप नयाँ ८६ स्वास्थ्य संस्थालाई बायोमेडिकल स्वास्थ्य परीक्षणका लागि प्रक्रियामा सहभागी गराउने सहमति गरेको थियो ।

नेपाल सरकारबाट सूचिकृत भएर मलेसियाली टोलीले गरेको अनुगमनमा छनोट भएका ३६ संस्थाबाट नै तत्काल काम अघि बढाउने सहमति भएको थियो ।

साथै नेपाल सरकारले सूचिकृत गरेका अन्य ८६ संस्थाको अनुगमन प्रक्रिया नोभेम्बर पहिलो साताबाट सुरु गर्ने सहमति अनुरुप मलेसियाले स्वास्थ्य संस्था छनोटको प्रक्रिया हाल अघि बढाएको हो । नेपालबाट छानिएका स्वास्थ्य संस्थाले विभिन्न १० वटा आवश्यक कागजात समावेश गर्नुपर्ने सूचनामा उल्लेख छ।

मलेसियाले मागेको आवेदनमा बायोमेडिकल गर्न इच्छुक संस्थाले आफ्नो संस्थाको विस्तृत प्रोफाइल, संस्थाका सञ्चालकको नाम, ठेगाना, कम्पनी रजिस्टार कार्यालयबाट पाएको संस्था सञ्चालन अनुमति प्रमाण – पत्र, संस्था रहेको नक्सा तथा संस्थाको सांगठानिक संरचना ढाँचासहित नेपालस्थित मलेसियन दूतावासबाट सिफारिस पत्र समावेश गर्नु पर्ने छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  १ : २२ बजे

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बुढीगण्डकी बाढी : ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा– बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको