नेकपाद्वारा सातै प्रदेश प्रमुखको नाम सिफारिस « Khabarhub

नेकपाद्वारा सातै प्रदेश प्रमुखको नाम सिफारिस


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सातवटै प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ ।

सोमबार बसेको नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।

बैठकले बिष्णु प्रसाईं- (झापा), धर्मनाथ यादव- (सिरहा), अमिक शेरचन-(चितवन), सोमनाथ प्यासी- (कास्की), तिलक परियार-(बाँके), शर्मिला त्रिपाठी- (चितवन), गोविन्द कलौनी-(डडेल्धुरा) लाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

बैठकपछि नेकपाका महासचिव पौडेलले कसलाई कुन प्रदेशमा नियुक्त गर्ने भन्नेबारेमा मन्त्रिपरिषद्ले निर्णय गर्ने जानकारी दिए ।

उनले संविधानबमोजिम ती पद रिक्त भएकाले पार्टीले सिफारिस गरेको बताए । महासचिव पौडेलले सरकारले प्रदेश प्रमुखमा आफ्ना प्रतिनिधि पठाउन संविधानकै आधारमा नयाँ निर्णय गर्न लागेको जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी थिइन् ।

सो उपदफामा निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा प्रदेश प्रमुख पद रिक्त हुने व्यवस्था छ । विसं २०७४ को निर्वाचन सम्पन्न भइसकेपछि अघिल्लो सरकारद्वारा ती प्रदेश प्रमुखको नियुक्ति भएकामा नेकपाले त्यसबेला नै आपत्ति जनाएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  २ : ०१ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट