‘सेन्टी भाइरस’ को फस्ट लूकमा यस्तो देखिए धुर्मुस « Khabarhub

‘सेन्टी भाइरस’ को फस्ट लूकमा यस्तो देखिए धुर्मुस


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रामबाबु गुरुङले निर्देशन गरिरहेको फिल्म ‘सेन्टी भाइरस’ फागुन ९ गतेदेखि प्रदर्शन गरिने भएको छ । फिल्मलाई धुर्मुस सुन्तलीले निर्माण गर्न लागेका हुन् ।

डिन्डु लामा ह्योल्मोले निर्माण गर्ने यो फिल्मलाई कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ । चलचित्र सुबिहानी फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो । योसँगै फिल्मको फस्ट लूक सार्वजनिक गरिएको छ । फस्ट लूकमा सीताराम कट्टेललाई ढाका टोपी लगाएको देख्न सकिन्छ ।

सामाजिक कथामा निर्माण भएको यो फिल्ममा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली), दयाहाङ राई, विल्सनविक्रम राई, बुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सूर्यमाला खनाल, बसन्त भट्ट, दीपक आचार्य लगायतका कलाकारकाे अभिनय रहनेछ ।

यस्तै फिल्ममा राजनराज सिवाकोटी/कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र ध्वज कार्कीको छायाँकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  २ : ५८ बजे

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस