नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठ स्वतः निलम्बित « Khabarhub

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठ स्वतः निलम्बित


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ स्वतः निलम्बनमा परेका छन् ।

राष्ट्र सञ्चालक समितिको सोमबार सबेको बैठकले श्रेष्ठमाथि लागेका आरोपबारे छानबिन गर्न समिति गठन गरेपछि उनी स्वतः निलम्बनमा परेका हुन् ।

राष्ट्र बैंक सञ्चालक समितिको बैठकले सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा सञ्चालकहरु रामजी रेग्मी र सुवोधकुमार कर्ण सदस्य रहने गरी श्रेष्ठमाथि लागेका आरोपबारे छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिले आरोपमाथि छानबिन गर्न समिति गठन गरेसँगै श्रेष्ठ निलम्बनमा परेका हुन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा बैंकका कर्मचारी तथा पदाधिकारीमाथि कुनै आरोप लागी सञ्चालक समितिले छानबिन अगाडि बढाएमा आरोपित व्यक्ति स्वतः निलम्बित हुने प्रावधान छ ।

श्रेष्ठमाथि लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दाको सन्दर्भमा दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेललाई सघाएको, रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजयराज सुमार्गीलाई साथ दिएको लगायतका आरोप लगोका थिए ।

उक्त आरोपमाथि छानबिनका लागि सरकारले निर्देशन दिएपछि राष्ट्र बैंकले उनीमाथि छानबिन प्रक्रिया अगाडि बढाएको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ३ : ०३ बजे

सीमामा पाँचौँ दिनको युद्ध : ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी

एजेन्सी– पाकिस्तान र अफगानिस्तानसँगबीच जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश

डाँपराजुलमा गाडी दुर्घटना, ८ जना घाइते

दैलेख– सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको एसएमएल गाडी डाँपराजुलस्थित वैरी स्कुल

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

सिद्धार्थनगर – जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको

सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु 

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

लर्निङ रेल्म इन्टरनेसनलको वार्षिकोत्सवमा ‘बाल संसद’ नमुना सत्र सम्पन्न

काठमाडौं– लर्निङ रेल्म इन्टरनेसनल स्कुलले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय