प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै रवि लामिछाने « Khabarhub

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै रवि लामिछाने


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बिहीबारका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

बिहीबार अपरान्ह २ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सम्बोधन गर्दैछन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा १८२ जना सांसद अघिल्लो आम चुनावको ठिक अघि स्थापना भएको रास्वपाबाट निर्वाचित भएका छन्।

रास्वपा ठुलो दल बन्दा दोस्रो ठूलो दल नेपाली कांग्रेससँग ३८ सांसद् छन् । कांग्रेसले अहिलेसम्म संसदीय दलको नेता छनोट गर्न सकेको छैन । तेस्रो दल नेकपा एमालेसँग २५ सांसद छन्। उसले रामबहादुर थापा बादललाई संसदीय दलको नेता बनाइएको छ ।

चौथो दल नेपाली कम्युनिष्ट पार्टीसँग १७ सांसद् छन् । नेकपाको संसदीय दलको नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् ।

पाँचौ दल संस्कृति पार्टीसँग ७ जना सांसद हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच र एक जना स्वतन्त्र सांसद्को उपस्थिति रहेको छ। श्रम संस्कृति पार्टीको संसदीय दलका नेता हर्कराज राई हुन् भने राप्रपा संसदीय दलको नेतृत्व ज्ञानेन्द्र शाहीले गर्दैछन् ।

पहिलो बैठकमा दलका प्रमुख नेताले सम्बोधन गर्ने अभ्यास अनुसार सभापति लामिछानेले सम्बोधन गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

यता श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफूले सम्बोधनका लागि सात मिनेट मात्र समय दिएको बताएका छन् । उनले आफूलाई एक घण्टा सात मिनेट सम्बोधन गर्न मन लागेको बताएका हुन् ।

संघीय संसद सचिवालयले प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधनका लागि समय नमागेको तर प्रधानमन्त्रीले बोल्न चाहेमा समय व्यवस्थापन गर्नुपर्ने बताएको छ । अहिलेसम्म भने प्रधानमन्त्रीले सम्बोधनका लागि समय माग गरेका छैनन् ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ११ : ३५ बजे

ती बालेन, यी बालेन : मेयर हुँदा निहारिकाको साथमा, प्रधानमन्त्री हुँदा मुद्दा चलाउन हिरासतमा

काठमाडौं- न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत

सरकारले शेयर खरिदबिक्री स्वीकार नगर्दा हतोत्साहित भयौँ : एनसेल

काठमाडौं– झन्डै तीन वर्षदेखि शेयर स्वामित्व परिवर्तनसम्बन्धी कारोबारलाई सरकारले मान्यता

सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने

परोपकार प्रसूति अस्पतालमा ६२ औँ स्वस्थ शिशु प्रतिस्पर्धा आयोजना हुँदै 

काठमाडौं– परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीले ६२ औँ ‘स्वस्थ

नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब नाघ्यो, कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हिस्सा

काठमाडौं– नेपालको कुल सार्वजनिक ऋण झण्डै ३० खर्ब रुपैयाँ पुग्न