महरामाथिको थुनछेक बहस सकियो, केही बेरमै आदेश आउने « Khabarhub

महरामाथिको थुनछेक बहस सकियो, केही बेरमै आदेश आउने


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जबरजस्ती करणी उद्योगको अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस सकिएको छ ।

आइतबार शुरु भएको थुनछेक बहस केही बेर अगाडि सकिएको हो । बहस सकिएसँगै अदालतले सम्भवतः अबको केही बेरमा नै थुनछेक आदेश जारी गर्ने छ ।

जबरजस्ती करणाी उद्योग मुद्दाको पुर्पक्षका लागि महरालाई साधारण तारेखमा राख्ने, धरौटी तिराएर तारेखमा राख्ने वा र पुर्पक्षमा पठाउने भनेर अदालतले आदेश जारी गर्ने छ ।

थुनछेक बसह सकिनै लाग्दा महरामाथि बलात्कार प्रयासको आरोप लगाउने पीडित महिला समेत काठमाडौं जिल्ला अदालतमा उपस्थित भएकी थिइन् ।

अदालतको आदेशानुसार पीडित महिलालाई अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । तर, अदालतमा उपस्थित गराइएकी पीडित महिलाको बयान भने नलिएको अदालत स्रोतले जानकारी दिएको छ ।

महरामाथि झन्डै १ महिनाको अनुसन्धान पछि बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले महराविरुद्ध जबरजस्ती करणी उद्योग र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा साढे ७ वर्ष कैद सजाय मागदाबी गरेको छ ।
अहिले काठमाडौं जिल्ला अदालतमा महरामाथि थुनछेक बहस चलिरहेको छ ।
थुनछेक बहसकै क्रममा महरा पक्षका कानून व्यवसायीहरुले पीडितलाई समेत अदालतमा उपस्थित गराउनुपर्ने जिकिर गरेपछि उनलाई अदालतमा उपस्थित गराइएको जनाइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ३ : ३७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै