एमसीसीविरुद्ध नेपाल ५ विकेटले विजयी « Khabarhub

एमसीसीविरुद्ध नेपाल ५ विकेटले विजयी


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भ्रमणमा रहेको विश्व क्रिकेटको सबैभन्दा पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल ५ विकेटले विजयी भएको छ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले एमसीसीलाई ५ विकेटले पराजित गरेको हो । एमसीसीले दिएको २ सय २ रनको लक्ष्य नेपालले ३७ ओभर ३ बलमा  ५ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालको जितमा विनोद भण्डारीले अविजित रहँदै ५२ रनको अर्धशतको योगदान दिए । यस्तै पवन सर्राफ ३८ रनमा अविजित रहे ।

शरद भेषवाकर र दिपेन्द्र सिंह ऐरीले ६७ रनको साझेदारी खेलेका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९ ओभर २ बलमा अलआउट हुँदै २ सय १ रन बनाएको थियो । एमसीसीका विल रोड्स र विलि गोडलम्यानले अर्धशतकीय इनिङ्स खेले । रोड्सले ५४ रन जोड्दा गोडलम्यानले ५२ रन बनाए ।

यस्तै विल भेन्डेस्पर ३६ तथा क्यालम ज्याक्सन र एलेक्स थोमसनले समान ११ रन बनाए । नेपालका पवन सर्राफ र ललित नारायण राजवंशीले समान ४/४ विकेट लिए । करण केसी र अविनास बोहराको नाममा १/१ विकेट रह्यो ।

अब नेपालले एमसीसीसँग तीन दिवसीय खेल खेल्नेछ । तीन दिवसीय बुधबार सुरु हुनेछ । यसअघि आइतबार एमसीसीले नेपाली यू-१९ टोलीलाई ३८ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ३ : ५४ बजे

देवकुमारी थापा स्मृति पुरस्कार ज्ञान उदासलाई

विराटनगर– देवकुमारी थापा स्मृति गुठीले देवकुमारी थापा स्मृति सम्मान कवि

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै रवि लामिछाने

काठमाडौँ – गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ ।

लागूऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट २८

निर्माण व्यवसायी महासंघको नेतृत्वका लागि आज निर्वाचन हुँदै

काठमाडौँ– नेपाल निर्माण व्यवसायी महासंघको १३औँ महाधिवेशन अन्तर्गत आज नयाँ