डा केसीले डडेल्धुरामा शुरु गरे १७ औं अनसन | Khabarhub Khabarhub

डा केसीले डडेल्धुरामा शुरु गरे १७ औं अनसन


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमरगढी– चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले आफ्नो १७ औं अनसन सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुराबाट शुरु गरेका छन् ।

डा. केसीले पत्रकार सम्मेलन गरी सोमबारदेखि डडेल्धुरामा अनसन शुरु गरेका हुन् ।

चिकित्सा शिक्षासहित संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा आफ्ना ५ बुँदे माग अगाडि सारेका केसीले सरकार आफ्ना मागप्रति उदासिन रहेको भन्दै अनसन बस्नका लागि डडेल्धुरा पुगेका हुन् ।

केसीले डडेल्धुरा सदरमुकाम अमरगढीको अस्पताल रोडमा रहेको एउटा निजी क्लिनिक रहेको घरमा अनसन शुरु गरेका हुन्

डा. केसीले निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको दोस्रो तलको एउटा कोठामा अनसन शुरु गरेका छन् ।

डा केसीको अनसनका लागि स्थानीय स्तरमा व्यवस्थापन गरिएको उनका सहयोगीले बताएका छन् ।

डा केसीले आफ्ना ५ बुँदे मागका अतिरिक्त डडेल्धुरा अस्पतालमा रिक्त रहेका दरबन्दी तत्काल पूर्ति हुनुपर्ने र डोटी या डडेल्धुरामा मेडिकल कलेज खोलिनुपर्ने थप २ माग पनि अगाडि सारेका छन् ।

यी हुन् डा‍ केसीका मुख्य मागहरु,

१. हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस ।

२. विश्वबिद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस ।

३. आन्दोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस। अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका संचालकहरुलाई फौजदारी कानून बमोजिम कडाभन्दा कडा कारवाही गरियोस। नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाण्डु विश्वविद्यालयको आंगिक कलेज तथा विस्तारित कार्यक्रममा तत्काल ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरियोस।

४. संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा बृद्वि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस् ।

५. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर MBBS कार्यक्रम संचालन गरियोस। कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा MDGP कार्यक्रम संचालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमन्त्री कार्यालयले अडकाएर राखेकाले त्यसलाई तुरुन्त स्विकृती दिँदै शीघ्र MBBS कार्यक्रम संचालन गर्ने व्यवस्था गरियोस् । प्रदेश नं दुई र चार तथा डोटी/डडेल्धुरा, उदयपुर र इलाम/पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।

६. क्यान्सर लगायतका महंगा औषधिहरु भारतभन्दा ४-५ गुणा महंगो भएकाले सुपथ मूल्यमा उपलब्ध गराउने व्यवस्था गरियोस। कर्मचारी समायोजनका कारण सेवा नै अवरुद्ध भएका डडेल्धुरा लगायतका अस्पताल र स्वास्थ्य संस्थाहरुमा तत्काल दरबंदीअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरियोस् ।

७. संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवंडाबाट रोकी पीड़ितहरुको माग अनुसार सम्बन्धित कानुन संशोधन गर्दै पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गरियोस् ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ४ : ४८ बजे

भिल्लारियलसँगको खेलमा रियल म्याड्रिडको जित

म्याड्रिड – स्पेनिस ला लिगाको रियल म्याड्रिडले अपराजित यात्रा कायम

पहिरो खसेपछि मेची राजमार्गको मर्मतसम्भार रोकियो

इलाम– पहिरोले क्षतविक्षत भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो

विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति

तनहुँ– विश्व बैंकको सहयोगमा तनहुँका दुईवटा सडक स्तरोन्नति गर्ने कामले

साउदी प्रो लिग : अल नासरको जित

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासर विजयी भएको छ

ट्रम्प फेरि पुगे पेनेसेल्भिनिया : अर्को विवादास्पद अभिव्यक्ति

पेनेसेल्भिनिया – विवादास्पद अभिव्यक्तिका लागि परिचित डोनाल्ड ट्रम्प फेरि एक