प्रदेश प्रमुख नियुक्तिका लागि सरकारको सिफारिस, कुन प्रदेशमा को ? | Khabarhub Khabarhub

प्रदेश प्रमुख नियुक्तिका लागि सरकारको सिफारिस, कुन प्रदेशमा को ?


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले सात प्रदेशका प्रमुखको नाम नियुक्तिका लागि सिफारिस गरेको हो ।

सरकारले गरेको सिफारिस अनुसार प्रदेश–१ को प्रमुखमा सोमनाथ अधिकारी प्यासी, प्रदेश– २ मा तिलक परियार, प्रदेश – ३ मा विष्णु प्रसाईं रहेका छन् ।

त्यसैगरी, गण्डकी प्रदेशका लागि अमिक शेरचन, प्रदेश – ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र प्रदेश – ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस गरिएको छ ।

यसअघि सत्तारुढ दल नेकपाको सचिवालय बैठकले सातै प्रदेश प्रमुखका लागि उनीहरुको नाम सिफारिस गरेको थियो ।

सरकारको सिफारिसलाई राष्ट्रपतिले नियुक्त गरेपछि संघीय कानुन बमोजिम राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने छन् ।

सरकारले सिफारिस गरेका नयाँ प्रदेश प्रमुखहरुले मंगलबार (भोलि) बिहान राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने महासचिव विष्णु पौडेलले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी थिइन् ।

सो उपदफामा निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा प्रदेश प्रमुख पद रिक्त हुने व्यवस्था छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ५ : ०० बजे

बंगलादेशमा शेख हसिनालाई सुनाइयो फासीको सजाय

काठमाडौं- बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीना मानवताविरुद्धका पाँचवटा अपराधमध्ये तीनमा

छानबिनको बहानामा यसअघि बढुवा छुटाइएका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा – आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य

एलओडी क्लब एनपीलको इन्टरटेनमेन्ट पार्टनर 

काठमाडौं– एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको

काठमाडौंलाई जनकपुरसँग अघिल्लो सिजनको बदला लिने अवसर

काठमाडौं – नेपाल प्रिमियर लिगको सिजन २ को उद्घाटन खेलमा