प्रदेश प्रमुख नियुक्तिका लागि सरकारको सिफारिस, कुन प्रदेशमा को ? | Khabarhub Khabarhub

प्रदेश प्रमुख नियुक्तिका लागि सरकारको सिफारिस, कुन प्रदेशमा को ?


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले सात प्रदेशका प्रमुखको नाम नियुक्तिका लागि सिफारिस गरेको हो ।

सरकारले गरेको सिफारिस अनुसार प्रदेश–१ को प्रमुखमा सोमनाथ अधिकारी प्यासी, प्रदेश– २ मा तिलक परियार, प्रदेश – ३ मा विष्णु प्रसाईं रहेका छन् ।

त्यसैगरी, गण्डकी प्रदेशका लागि अमिक शेरचन, प्रदेश – ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र प्रदेश – ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस गरिएको छ ।

यसअघि सत्तारुढ दल नेकपाको सचिवालय बैठकले सातै प्रदेश प्रमुखका लागि उनीहरुको नाम सिफारिस गरेको थियो ।

सरकारको सिफारिसलाई राष्ट्रपतिले नियुक्त गरेपछि संघीय कानुन बमोजिम राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने छन् ।

सरकारले सिफारिस गरेका नयाँ प्रदेश प्रमुखहरुले मंगलबार (भोलि) बिहान राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने महासचिव विष्णु पौडेलले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी थिइन् ।

सो उपदफामा निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा प्रदेश प्रमुख पद रिक्त हुने व्यवस्था छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ५ : ०० बजे

सर्लाही कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी, व्यवस्थापनमा समस्या

बरहथवा– जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा

ओझेलमा चुरे क्षेत्रका प्राकृतिक ताल

गोदावरी– चुरे क्षेत्रमा रहेका प्राकृतिक ताल संरक्षणको अभावमा ओझेलमा पर्दै

पेस्तोल देखाएर ८० लाख लुटपाट

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बाट एक जनाको ८०

हिरासत छलेर अस्पतालमा बस्नेलाई रोक्न गृहले जारी गर्‍यो तीन बुँदे मापदण्ड

काठमाडौं- कुनै घटनाको अनुसन्धान र अभियोजनका लागि पक्राउ परेका व्यक्तिहरू

चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं– काठमाडौं ताहाचल डेरा गरी बस्ने सविना खड्काको कोठाबाट ल्यापटप