प्रदेश प्रमुख नियुक्तिका लागि सरकारको सिफारिस, कुन प्रदेशमा को ? « Khabarhub

प्रदेश प्रमुख नियुक्तिका लागि सरकारको सिफारिस, कुन प्रदेशमा को ?


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले सात प्रदेशका प्रमुखको नाम नियुक्तिका लागि सिफारिस गरेको हो ।

सरकारले गरेको सिफारिस अनुसार प्रदेश–१ को प्रमुखमा सोमनाथ अधिकारी प्यासी, प्रदेश– २ मा तिलक परियार, प्रदेश – ३ मा विष्णु प्रसाईं रहेका छन् ।

त्यसैगरी, गण्डकी प्रदेशका लागि अमिक शेरचन, प्रदेश – ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र प्रदेश – ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस गरिएको छ ।

यसअघि सत्तारुढ दल नेकपाको सचिवालय बैठकले सातै प्रदेश प्रमुखका लागि उनीहरुको नाम सिफारिस गरेको थियो ।

सरकारको सिफारिसलाई राष्ट्रपतिले नियुक्त गरेपछि संघीय कानुन बमोजिम राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने छन् ।

सरकारले सिफारिस गरेका नयाँ प्रदेश प्रमुखहरुले मंगलबार (भोलि) बिहान राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने महासचिव विष्णु पौडेलले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी थिइन् ।

सो उपदफामा निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा प्रदेश प्रमुख पद रिक्त हुने व्यवस्था छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ५ : ०० बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको