चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी « Khabarhub

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी गरिएको छ ।

जिल्ला सुरक्षा समिति खोटाङले सोमबार दिक्तेलस्थित जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको सर्वदलीय र सर्वपक्षीय भेलामा सहभागी सरोकारवाला निकाय तथा राजनीतिक दलले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय खोटाङले आसन्न चाडपर्वलाई लक्षित गरेर जिल्लामा सुरक्षा व्यवस्थालाई कडाइका साथ पालना गर्ने प्रतिबद्धता जनाएको छ । जिल्लाभित्र गस्तीको दर बढाउने, आपराधिक गतिविधि हुनसक्ने स्थानको सूक्ष्म निगरानी गर्ने तथा सुरक्षा निकायबीचको समन्वयलाई प्रभावकारी बनाउनेछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले बजार क्षेत्रमा यातायात जोखिम न्यूनीकरणका लागि ट्राफिक नियमलाई कडाइका साथ पालना गर्ने–गराउने प्रतिबद्धता जनाएको छ । बजार क्षेत्र तथा यात्रुको बढी भीडभाड हुने ठाउँमा नियमित गस्ती गर्ने, यात्रुलाई सूचनामूलक सन्देश प्रवाह गर्ने, चालकले मादक पदार्थ वा लागू पदार्थ सेवन गरे–नगरेको जाँच गर्नेछ ।

सर्वपक्षीय भेलामा जिल्लास्थित सबै राजनीतिक दलले शान्ति, सुरक्षा र अमनचयन कायम गर्ने÷गराउने प्रतिबद्धता जनाएका छन् । चाडपर्वका समयमा जिल्लामा भए–गरेका आपराधिक घटनाका बारेमा सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालय खोटाङलाई आधिकारिक सूचना उपलब्ध गराउने र रचनात्मक सल्लाह प्रदान गर्ने छन् ।

खोटाङ उद्योग वाणिज्य सङ्घले उपभोक्ताका आधारभूत अधिकार सुनिश्चित गर्न वस्तु तथा सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्ने–गराउने विश्वास दिलाएको छ । भेलामा नेपाल पत्रकार महासङ्घ खोटाङ एवं जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीले यातायात व्यवसायी, यात्रु तथा उपभोक्ताको कर्तव्य र अधिकारसम्बन्धी सूचना सम्प्रेषण गर्ने÷गराउने प्रतिबद्धता जनाएका छन् ।

होटल व्यवसायी सङ्घ खोटाङले आधारभूत मापदण्डको अनिवार्य पालना गर्दै यात्रु तथा उपभोक्तालाई गुणस्तरीय एवं उचित मूल्यमा खाना तथा बासको व्यवस्था मिलाउने छन् । जिल्लामा सञ्चालित होटल सञ्चालकले खाना तथा बासको आफूखुसी मूल्य राख्ने र उपभोक्तालाई ठगी गरेको गुनासो आएपछि त्यसलाई न्यूनीकरण गर्न होटल व्यवसायी सङ्घ प्रतिबद्ध भएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङ तथा जिल्लास्थित विभिन्न यातायात व्यवसायी सङ्घले सुरक्षित र मर्यादित यातायात सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

चालक तथा सहचालकलाई शिष्ट र मर्यादित व्यवहारका लागि प्रशिक्षण दिने, यात्रुलाई अनिवार्य टिकट दिने र चलान गर्ने, चालक तथा सहचालकले मादक पदार्थ सेवन नगर्ने/नगराउने, तोकिएको स्थानबाट मात्र यात्रु चढाउने र ओराल्ने प्रतिबद्धता जनाएका हुन् ।

प्रमुख जिल्ला अधिकारी गणेशकुमार गुरुङको कार्यकक्षमा आयोजित भेलामा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, यातायात तथा होटल व्यवसायी, पत्रकारलगायतको उपस्थिति थियो । सर्वपक्षीय भेलाले चाडपर्वका अवसरमा शान्तिसुरक्षा कायम गर्न जिल्लास्थित १० वटै स्थानीय तहसँग समन्वय गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ९ : ३२ बजे

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको