बेलायती गोर्खा सैनिकका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्छ- सहमहामन्त्री महत « Khabarhub

बेलायती गोर्खा सैनिकका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्छ- सहमहामन्त्री महत


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले बेलायती गोर्खा सैनिकका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

उनले गोर्खा सैनिकहरुको तलब, सेवा सुविधा समानताका हुनुपर्ने विषयमा सरकार गम्भीर बन्नुपर्ने बताएका हुन् । भूतपूर्व गोर्खा सैनिक र नागरिक समाजले राजधानीमा गरेको कार्यक्रममा सहमहामन्त्री महतले बिर्टिस सैनिकमा नेपाली भएकै कारण तलब सेवा सुबिधामा विभेद हुनु निकै दुखद भएको बताए ।

उनले तलब सेवा सुबिधा समान नभए बिर्टिस सैनिकमा नेपालीलाई नपठाउने चेतावनी दिन पनि सरकारलाई आग्रह गरे।सहमहामन्त्री महतले आफू परराष्ट मन्त्री हुँदा पनि यो बिषयमा सशक्त हिसाबले उठाएको स्मरण गर्दै यो समस्या समाधानका निम्ति नेपालका लागि बेलायतका राजदुत मार्फत बेलायत सरकारलाई बिर्टिस सैनिकमा तलब सेवा सुबिधा बराबरी गर्नका लागि चिठी समेत पठाएको उल्लेख गरे।

आफूले बिर्टिस सैनिकका समस्या समाधानका लागि धेरै कामको सुरुवात गरेको भन्दै अहिलेको सरकार ती कामलाई पूरा गर्न गम्भीर बन्नु पर्ने पनि जिकिर गरे।

सहमहामन्त्री महतले नेपालीले बिर्टिस सेना भन्दा पनि काम बढी गर्ने तर सेवा सुबिधा भने कम पाउने कुरा न्यायोचित नभएको बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ५ : १३ बजे

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई