बेलायती गोर्खा सैनिकका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्छ- सहमहामन्त्री महत « Khabarhub

बेलायती गोर्खा सैनिकका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्छ- सहमहामन्त्री महत


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले बेलायती गोर्खा सैनिकका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

उनले गोर्खा सैनिकहरुको तलब, सेवा सुविधा समानताका हुनुपर्ने विषयमा सरकार गम्भीर बन्नुपर्ने बताएका हुन् । भूतपूर्व गोर्खा सैनिक र नागरिक समाजले राजधानीमा गरेको कार्यक्रममा सहमहामन्त्री महतले बिर्टिस सैनिकमा नेपाली भएकै कारण तलब सेवा सुबिधामा विभेद हुनु निकै दुखद भएको बताए ।

उनले तलब सेवा सुबिधा समान नभए बिर्टिस सैनिकमा नेपालीलाई नपठाउने चेतावनी दिन पनि सरकारलाई आग्रह गरे।सहमहामन्त्री महतले आफू परराष्ट मन्त्री हुँदा पनि यो बिषयमा सशक्त हिसाबले उठाएको स्मरण गर्दै यो समस्या समाधानका निम्ति नेपालका लागि बेलायतका राजदुत मार्फत बेलायत सरकारलाई बिर्टिस सैनिकमा तलब सेवा सुबिधा बराबरी गर्नका लागि चिठी समेत पठाएको उल्लेख गरे।

आफूले बिर्टिस सैनिकका समस्या समाधानका लागि धेरै कामको सुरुवात गरेको भन्दै अहिलेको सरकार ती कामलाई पूरा गर्न गम्भीर बन्नु पर्ने पनि जिकिर गरे।

सहमहामन्त्री महतले नेपालीले बिर्टिस सेना भन्दा पनि काम बढी गर्ने तर सेवा सुबिधा भने कम पाउने कुरा न्यायोचित नभएको बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ५ : १३ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब