आईओएमले स्थगित गर्‍यो एमबीबीएस र बीडीएसको वार्षिक परीक्षा « Khabarhub

आईओएमले स्थगित गर्‍यो एमबीबीएस र बीडीएसको वार्षिक परीक्षा


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को आगामी कात्तिक २० गतेदेखि हुने भनिएको वार्षिक परीक्षा स्थगित भएको छ ।

आईओएमले सोमबार सूचना जारी गदै आगामी २० गतेदेखि हुने भनिएको वार्षिक परीक्षा स्थगित भएको जनाएको हो । आईओएमले परीक्षाको नयाँ तालिता छिट्टै प्रकाशित गर्ने समेत जनाएको छ ।

यसअघि आईओएमले कात्तिक २० गतेदेखि बीडीएस र २१ गतेदेखि एमबीबीएस प्रथम वर्षको वार्षिक परीक्षाको तालिका सार्वजनिक गरेको थियो । तर विद्यार्थीहरुले मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै आन्दोलन गर्दै परीक्षा फारम समेत भरेका थिएनन् ।

विद्यार्थीहरुले वार्षिक परीक्षाको तालिका नै सार्नुपर्ने माग राख्दै आइतबार आईओएममा धर्ना दिएपछि आईओएमले विद्यार्थीहरुसँग परीक्षा सार्ने सहमति गरेको थियो । विद्यार्थीहरुसँग भएको सहमति अनुसार आईओएमले कात्तिक २० गतेदेखि हुने भनेको बीडीएस र २१ गतेदेखि हुने भनिएको एमबीबीएसको वार्षिक परीक्षा स्थगित गरेको हो ।

यो पनि पढ्नुस्

एमबीबीएस परीक्षा : कतै विद्यार्थीले फारम भरेनन्, कतै कलेजबाटै असुरक्षा !

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ६ : १७ बजे

इरानी सर्वोच्च नेताद्वारा पूर्वाधार पुनःस्थापना अभियानको आह्वान

तेहरान- इरानका सर्वोच्च नेता मोज्ताबा खमेनीले अमेरिकी आक्रमणका कारण भएको

पूर्वयुवराज पारसको मुटुमा राखिएको ‘ब्याट्री’ फेरियो

काठमाडौं- पूर्वयुवराज पारस शाहको मुटुमा राखिएको इन्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी)

घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज

चितवन– राप्ती नदीमा रहेका घडियाल गोहीका गुँड खोज्न सुरु गरिएको

आर्टेमिस–२ : चन्द्र यात्रामा मानवको पुनरागमन

एजेन्सी– आधा शताब्दीभन्दा बढीपछि मानवता पुनः चन्द्रतर्फ फर्किएको छ ।

गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमाले हेलो सरकारबाट प्राप्त हुने गुनासो