आईओएमले स्थगित गर्‍यो एमबीबीएस र बीडीएसको वार्षिक परीक्षा « Khabarhub

आईओएमले स्थगित गर्‍यो एमबीबीएस र बीडीएसको वार्षिक परीक्षा


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को आगामी कात्तिक २० गतेदेखि हुने भनिएको वार्षिक परीक्षा स्थगित भएको छ ।

आईओएमले सोमबार सूचना जारी गदै आगामी २० गतेदेखि हुने भनिएको वार्षिक परीक्षा स्थगित भएको जनाएको हो । आईओएमले परीक्षाको नयाँ तालिता छिट्टै प्रकाशित गर्ने समेत जनाएको छ ।

यसअघि आईओएमले कात्तिक २० गतेदेखि बीडीएस र २१ गतेदेखि एमबीबीएस प्रथम वर्षको वार्षिक परीक्षाको तालिका सार्वजनिक गरेको थियो । तर विद्यार्थीहरुले मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै आन्दोलन गर्दै परीक्षा फारम समेत भरेका थिएनन् ।

विद्यार्थीहरुले वार्षिक परीक्षाको तालिका नै सार्नुपर्ने माग राख्दै आइतबार आईओएममा धर्ना दिएपछि आईओएमले विद्यार्थीहरुसँग परीक्षा सार्ने सहमति गरेको थियो । विद्यार्थीहरुसँग भएको सहमति अनुसार आईओएमले कात्तिक २० गतेदेखि हुने भनेको बीडीएस र २१ गतेदेखि हुने भनिएको एमबीबीएसको वार्षिक परीक्षा स्थगित गरेको हो ।

यो पनि पढ्नुस्

एमबीबीएस परीक्षा : कतै विद्यार्थीले फारम भरेनन्, कतै कलेजबाटै असुरक्षा !

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ६ : १७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु