डा बास्कोटाद्वारा उपकुलपतिको पदभारग्रहण « Khabarhub

डा बास्कोटाद्वारा उपकुलपतिको पदभारग्रहण


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डाक्टर धर्मकान्त बास्कोटाले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी सम्हालेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेका डा बास्कोटाले सोमबार  त्रिविमा पदभार ग्रहण गरेका हुन् ।

डाक्टर बास्कोटा यसअघि नेपाल मेडिकल काउन्सिलको अध्यक्ष थिए । डा बास्कोटाको केही महिना अघि मात्रै काउन्सिलमा पदावधि सकिएको थियो । डा बास्कोटा चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमका प्रोफेसर एवं टिचिङ अस्पतालका नाक,कान, घाँटी रोग विशेषज्ञ पनि हुन् ।

डा बास्कोटाले पदबहाली गर्दै आफूले त्रिविमा रहेको विकृतिहरु हटाउन पारदर्शी मापदण्डहरु बनाउने बताए ।

‘देशै समस्याग्रस्त भएको अवस्थामा त्रिवि पनि समस्याहरुबाट पर छैन, यहाँ चार थरीका व्यक्तिहरु छन्, यहाँ प्राध्यपक, विद्यार्थी, कर्मचारी र म्यानजरिङ क्षेत्रका व्यक्तिहरु छन्,’ डा बास्कोटाले खबरहबसँग भने, ‘यहाँ सबैको इन्ट्रेस्ट हेरेर काम गर्न थाल्यो भने समस्या आउँछ, हाम्रो इन्ट्रेस्ट भनेको विश्व विद्यालयलाई साच्चैको विश्वको विद्यालय बनाउने हो, जहाँ विश्वका हरेक मानिसहरु पढ्न आकर्षित हुनेछन् ।’

डा बास्कोटाले सरकारको माग अनुसार शिक्षालाई रोजगारमूलक बनाउँदै लैजाने बताए । उनले त्रिविमा नीति नियम र मापदण्डको अभावले समस्याहरु देखिएको भन्दै आफूले उपकुलपतिमा रहेर काम गर्दा सबैलाई नियममा बाध्नेगरी नीति, नियम र निर्देशिकाहरु निर्माण गर्ने बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ५ : ५४ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा