डा बास्कोटाद्वारा उपकुलपतिको पदभारग्रहण « Khabarhub

डा बास्कोटाद्वारा उपकुलपतिको पदभारग्रहण


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डाक्टर धर्मकान्त बास्कोटाले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी सम्हालेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेका डा बास्कोटाले सोमबार  त्रिविमा पदभार ग्रहण गरेका हुन् ।

डाक्टर बास्कोटा यसअघि नेपाल मेडिकल काउन्सिलको अध्यक्ष थिए । डा बास्कोटाको केही महिना अघि मात्रै काउन्सिलमा पदावधि सकिएको थियो । डा बास्कोटा चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमका प्रोफेसर एवं टिचिङ अस्पतालका नाक,कान, घाँटी रोग विशेषज्ञ पनि हुन् ।

डा बास्कोटाले पदबहाली गर्दै आफूले त्रिविमा रहेको विकृतिहरु हटाउन पारदर्शी मापदण्डहरु बनाउने बताए ।

‘देशै समस्याग्रस्त भएको अवस्थामा त्रिवि पनि समस्याहरुबाट पर छैन, यहाँ चार थरीका व्यक्तिहरु छन्, यहाँ प्राध्यपक, विद्यार्थी, कर्मचारी र म्यानजरिङ क्षेत्रका व्यक्तिहरु छन्,’ डा बास्कोटाले खबरहबसँग भने, ‘यहाँ सबैको इन्ट्रेस्ट हेरेर काम गर्न थाल्यो भने समस्या आउँछ, हाम्रो इन्ट्रेस्ट भनेको विश्व विद्यालयलाई साच्चैको विश्वको विद्यालय बनाउने हो, जहाँ विश्वका हरेक मानिसहरु पढ्न आकर्षित हुनेछन् ।’

डा बास्कोटाले सरकारको माग अनुसार शिक्षालाई रोजगारमूलक बनाउँदै लैजाने बताए । उनले त्रिविमा नीति नियम र मापदण्डको अभावले समस्याहरु देखिएको भन्दै आफूले उपकुलपतिमा रहेर काम गर्दा सबैलाई नियममा बाध्नेगरी नीति, नियम र निर्देशिकाहरु निर्माण गर्ने बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ५ : ५४ बजे

इरानी सर्वोच्च नेताद्वारा पूर्वाधार पुनःस्थापना अभियानको आह्वान

तेहरान- इरानका सर्वोच्च नेता मोज्ताबा खमेनीले अमेरिकी आक्रमणका कारण भएको

पूर्वयुवराज पारसको मुटुमा राखिएको ‘ब्याट्री’ फेरियो

काठमाडौं- पूर्वयुवराज पारस शाहको मुटुमा राखिएको इन्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी)

घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज

चितवन– राप्ती नदीमा रहेका घडियाल गोहीका गुँड खोज्न सुरु गरिएको

आर्टेमिस–२ : चन्द्र यात्रामा मानवको पुनरागमन

एजेन्सी– आधा शताब्दीभन्दा बढीपछि मानवता पुनः चन्द्रतर्फ फर्किएको छ ।

गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमाले हेलो सरकारबाट प्राप्त हुने गुनासो