थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध महरा उच्च अदालत जाने « Khabarhub

थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध महरा उच्च अदालत जाने


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जबरजस्ती करणी उद्योग (प्रयास) मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पूर्व सभामुख कृष्णबहादुर महरा एक तह पुनरावेदन सुन्ने (उच्च अदालत)मा जाने भएका छन् ।

फौजदारी कार्यविधी संहिताको दफा (७३) अनुसार महराले काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिने भएका हुन् ।

महराको पक्षबाट कानून व्यवसायी रहेका पूर्व महान्यायाधीवक्ता रमन श्रेष्ठले काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध पुनरावेदन सुन्ने अदालतमा निवेदन दिइने बताए ।

मुलुकी फौजदारी कार्यविधी संहिताको दफा (७३) मा थुनछेक वा तोकिएको धरौट, जमानत वा बैंक जमानतमा चित्त नबुझ्ने पक्षले एक तहसम्म पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन सक्ने व्यवस्था छ ।

प्रारम्भिक अदालतले जारी गरेको थुनछेक आदेश बेरित (रितपूर्वक) नभएको देखिएमा एक तहसम्म पुनरावेदन सुन्ने अदालतमा चित्त नबुझेको पक्षले पुनरावेदन गर्न सकिने कानूनी व्यवस्था रहेको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता चन्द्रकान्त खनालले खबरहबसँग बताए ।

‘फोजारी कार्यविधि संहिताको ७३ नम्बरमा थुनछेक आदेशमा चित्त नबुझेको पक्षले एक तहसम्मको पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन सक्ने व्यवस्था छ,’ खनालले खबरहबसँग भने ।

महराका कानून व्यवसायी श्रेष्ठले काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेश अध्ययन गरेर बेरितको लागे पुनरावेदनका लागि निवेदन दिइने जानकारी दिए ।

‘यस विषयमा अहिले छलफल चलिरहेको छ । अदालतको आदेश पनि अध्ययन गर्न पाइएको छैन,’ श्रेष्ठले खबरहबसँगको कुराकानीमा भने, ‘अदालतको आदेश अध्ययन गरेपछि पुनरावेदन सुन्ने अदालतमा जाने भन्ने कुरा हुन्छ ।’

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ५ : ५१ बजे

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित

मधेस सम्झौताबारे सरकारको स्पष्टीकरण : गृहमन्त्रीले कुनै ठोस सम्झौता गरेका छैनन्

काठमाडौँ । सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा

राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई

नेपाल लिकर्सका सीईओ तुलाधर एसिया बिजनेस लिडर्स अवार्डबाट सम्मानित

काठमाडौं– नेपाल लिकर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिनश वीर सिंह

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो हवाई भाडा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य बढेसँगै