सदस्यहरुको नियुक्तिसँगै चिकित्सा शिक्षा आयोगले पायो पूर्णता « Khabarhub

सदस्यहरुको नियुक्तिसँगै चिकित्सा शिक्षा आयोगले पायो पूर्णता


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चिकित्सा शिक्षा आयोगमा रिक्त रहेका १० वटै पदहरुमा सदस्य नियुक्त गरेसँगै आयोगले पूर्णता पाएको छ ।

आयोगमा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालित विश्व विद्यालय र प्रतिष्ठानका उपकुलपतिमध्येबाट ३ जना रहनेगरी त्रिभुवन विश्व विद्यालयका उपकुलपति डाक्टर धर्मकान्त बास्कोटा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर भरत यादव र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमा गुरु प्रदास खनाललाई आयोगको सदस्यमा नियुक्त गरिएको हो ।

यस्तै स्वास्थ्य सम्बन्धी राष्ट्रिय तहका मेडिकल तथा नर्सिङ लगायतका आधिकारिक पेशागत संगठनका अध्यक्षहरुमध्यबाट कम्तिमा एक जना महिला सहित २ जना रहने व्यवस्था सहित एसोसियसन अफ हेल्थ प्रोफेसन्स एजुकेसनिष्ट अफ नेपालका अध्यक्ष शेखर बाबु रिजाल र नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेललाई पनि सदस्यामा नियुक्त गरिएको छ ।

सरकारले नागरिक समाजका लब्ध प्रतिष्ठित कम्तीमा एक महिला सहित दुई जना रहने गरी डा. रमेशकान्त अधिकारी र डा. गीता गुरुङलाई पनि आयोगको सदस्यमा नियुक्त गरेको छ ।

यस्तै चिकित्सा शिक्षा विज्ञहरुमध्येबाट समाबेशी सिद्धान्तको आधारमा कम्तीमा दुईजना महिलासहित ३ जना रहनेगरी प्राडा. दिव्यासिंह शाह, प्रा डा. शैली प्रधान र प्रा डा. जगदीश अग्रवाललाई आयोगको सदस्यमा नियुक्त गरेका हो ।

अयाोगमा यसअघि सरकारले प्राडा. श्रीकृष्ण गिरीलाई उपाध्यक्षमा नियुक्त गरेको थियो । आयोगमा १० जना सदस्य रहने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ७ : ११ बजे

इरानी सर्वोच्च नेताद्वारा पूर्वाधार पुनःस्थापना अभियानको आह्वान

तेहरान- इरानका सर्वोच्च नेता मोज्ताबा खमेनीले अमेरिकी आक्रमणका कारण भएको

पूर्वयुवराज पारसको मुटुमा राखिएको ‘ब्याट्री’ फेरियो

काठमाडौं- पूर्वयुवराज पारस शाहको मुटुमा राखिएको इन्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी)

घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज

चितवन– राप्ती नदीमा रहेका घडियाल गोहीका गुँड खोज्न सुरु गरिएको

आर्टेमिस–२ : चन्द्र यात्रामा मानवको पुनरागमन

एजेन्सी– आधा शताब्दीभन्दा बढीपछि मानवता पुनः चन्द्रतर्फ फर्किएको छ ।

गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमाले हेलो सरकारबाट प्राप्त हुने गुनासो