शुरु भयो बुधको २१ दिने स्थिरता, तपाईंको राशिमा कस्तो असर ? « Khabarhub

शुरु भयो बुधको २१ दिने स्थिरता, तपाईंको राशिमा कस्तो असर ?


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कार्तिक १४ गते बिहिबारबाट बुध (बुध देवता) वृश्चिक राशिमा आसन भएको छ । मंसिर ०५ गते बिहिबारबाट फेरी बुध गतिशिल हुनेछ ।

कार्तिक २१ गते बिहिबारबाट पूनः तुला राशिमा प्रवेश हुने बुधले यस अवधिमा १२ वटै राशिमा शुभ तथा अशुभ दुवै असर पार्न सक्छ । बुधको प्रभावमा कुन राशिमा कस्तो असर पर्छ त, हेरौं राशि अनुसारको जानकारी ।

मेष राशि

मेष राशिका व्यक्तिलाई यस अवधिमा निकै होसियार हुन अवाश्यक छ । मुख्यत धनको लेनदेको बिषयमा निकै सावधानी अपनाउनु पर्ने हुन्छ ।

वृष राशि

वृष राशिका व्यक्तिलाई यस अवधिमा व्यापार र जागिरबाट समस्या उत्पन्न हुनसक्छ । जसका कारण नसोचेको स्थानबाट अनावश्यक तनाव आइलाग्छ ।

मिथुन राशि

मिथुन राशिका व्यक्तिलाई यस अवधिमा शुभ संयोग बनेको छ । यस राशिका व्यक्तिले सम्मान पाउने तथा धन लाभको समेत योग बन्नेछ ।

कर्कट राशि

कर्कट राशिका व्यक्तिलाई यस अवधिमा केही नकारात्मक असर पर्नेछ । अनावश्यक तनाव आइलाग्नाले आत्मविश्वास गुम्ने तथा सोचेको काम पूरा नुहने हुन्छ ।

सिंह राशि

सिंह राशिका व्यक्तिलाई यस अवधिमा जागिर वा व्यापार व्यवसायबाट औसत लाभ हुनेछ । कुनै काम थाल्नु पूर्व ठूलाबडाको सल्लाह सुझाव लिनु आवश्यक हुन्छ ।

कन्या राशि

कन्या राशिका व्यक्तिलाई यस अवधिमा शुभ समाचार मिल्ने संकेत छ । व्यापार, जागिर र प्रेममा राम्रो अवसर मिल्नेछ । साथै धन प्राप्तीको समेत योग छ ।

तुला राशि

तुला राशिका व्यक्तिलाई यस अवधिमा ठूलो दबाव झेल्नुपर्ने हुन्छ । परिश्रम अनुसारको फल नमिल्नाले कामप्रति मन जाने छैन ।

वृश्चिक राशि

वृश्चिक राशिका व्यक्तिलाई मंसिर ०५ गतेसम्म राम्रो फल प्राप्त हुनेछ । त्यस अवधिमा साथिसँगको सम्बन्ध राम्रो भए पनि मंसिर ०६ गतेबाट भने खटपट उत्पन्न हुनेछ ।

धनु राशि

धनु राशिका व्यक्तिलाई यस अवधिमा घरायसी समस्या देखा पर्ने हुन्छ । घरमा हुने खर्चको मात्रा बढ्ने छ । कही लगानी गर्नुअघि निकै सोच विचार गर्नु निकै आवश्यक छ ।

मकर राशि

मकर राशिका व्यक्तिलाई यस अवधिमा गृह कलह हुने तथा चिन्ता बढ्ने हुन्छ । साथीसँग साधारण मनमुटाव भएपनि धैर्यता राखेमा बिस्तारै सबै ठीक हुँदै जानेछ ।

कुम्भ राशि

कुम्भ राशिका व्यक्तिलाई यस अवधिमा साथी र नातेदारसँग राम्रो सम्बन्ध स्थापित गर्ने समय रहेको छ । तर यस अवधिमा धनका बिषयमा भने निकै समस्या उत्पन्न हुने प्रवल सम्भावना छ ।

मीन राशि

मीन राशिका व्यक्तिलाई यस अवधिमा स्वास्थ्य राम्रो हुने, धन प्राप्तीको योग हुने तथा यात्राको योग बन्नेछ । शनिबारसम्म कुनै राम्रो समाचारसमेत प्राप्त हुनेछ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ६ : ३४ बजे

इरानी सर्वोच्च नेताद्वारा पूर्वाधार पुनःस्थापना अभियानको आह्वान

तेहरान- इरानका सर्वोच्च नेता मोज्ताबा खमेनीले अमेरिकी आक्रमणका कारण भएको

पूर्वयुवराज पारसको मुटुमा राखिएको ‘ब्याट्री’ फेरियो

काठमाडौं- पूर्वयुवराज पारस शाहको मुटुमा राखिएको इन्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी)

घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज

चितवन– राप्ती नदीमा रहेका घडियाल गोहीका गुँड खोज्न सुरु गरिएको

आर्टेमिस–२ : चन्द्र यात्रामा मानवको पुनरागमन

एजेन्सी– आधा शताब्दीभन्दा बढीपछि मानवता पुनः चन्द्रतर्फ फर्किएको छ ।

गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमाले हेलो सरकारबाट प्राप्त हुने गुनासो