ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा दाङको गढवा गाउँपालिका–२ पचहियाका ६० वर्षीय सहजराम अहिर र बाँकेको डुडुवा गाउँपालिका–५ बलापारका २४ वर्षीय अरविन्दकुमार यादव छन् । यादवले आफू कृषि अनुसन्धान निर्देशनालय, लुम्बिनी प्रदेश, तुलसीपुर शाखा कार्यालयको प्रशासनिक अधिकृत भएको बताउँदै विभिन्न प्रलोभन देखाएर ठगी गरेको आरोप छ ।

यादवले कृषि फार्ममार्फत ट्याटर, भैँसीपालन तथा गोठ सुधारको कार्यक्रम दिलाइदिने भन्दै प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट रकम असुल गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी ३९ वर्षीय कासीराम बुढाथोकी पनि ठगी मुद्दामा पक्राउ परेका छन् । उनीमाथि ११ लाख ९४ हजार ६३२ रुपैयाँ ठगी गरेको आरोप छ ।

प्रहरीका अनुसार अदालतबाट पक्राउ अनुमति लिएर उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ७ : ३५ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले