आजकल मानिसको दैनिक जीवनको परिवर्तनसँगै धेरै मानिसमा हृदयघात हुने गरेको छ ।
विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्सेनि १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्दछ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरूमा मुटुरोग महामारीकै रूपमा फैलिने भविष्यवाणीसमेत गरेको छ ।
मुटुरोगमा हृदयघात प्रमुख हो । मुटुका मांशपेशीमा रगत प्रवाह गर्न कोरोनरी रक्तनलीहरू साँगुरो वा बन्द हुनाले रोग लाग्ने गर्दछ । ह्यदयघात पनि एक प्रकारको कोरोनरी मुटुरोग नै हो ।
हृदयघातबाट बच्ने उपाय
१. एक्कासी छाती दुख्न थाल्यो भने एक चक्की एस्पिरिन चपाउँदै अस्पताल जानुभयो भने हृदयघातबाट हुने मृत्यु टर्न सक्छ । तत्कालै लिन सकिएको ३०० मिलिग्रामको एउटा एस्पिरिनको सहयोगबाट करिब एक चौथाई मृत्युलाई टार्न सकिन्छ । सबै प्रकारका छाती दुखाई हार्ट एट्याक नभए पनि एस्पिरिन खाँदा स्वास्थ्यलाई कुनै घाटा हुँदैन ।
२. स्वस्थ भोजन : प्रशस्त फलफूल, हरियो सागसब्जी खाने, तारेको खाना नखाने, चिनी, नून र चिल्लो सकेसम्म कम खाने ।
३. शारीरिक ब्यायाम : दैनिक आधाघण्टा शारीरिक कसरत र व्यायाम गरेमा हृदयघातको सम्भावना टरेर जान्छ ।
४. नशाबाट टाढा : धूमपानका साथै सूर्तिजन्य पदार्थको सेवन नगर्दा हृदयघातको सम्भावना कम हुन्छ । सूर्ति, तम्बाखु, चुरोट, सिगार वा खैनी सेवनकर्तामा हृदयघात हुने सम्भावना हुन्छ ।
५. शारीरिक तौल ठीक राख्ने, सकारात्मक चिन्तन राख्ने, पारिवारिक वातावरणमा बस्ने, चिन्ता नलिने साथै जंक फूड नखानाले पनि हृदयघातबाट बच्न सकिन्छ ।
प्रतिक्रिया