विदेशी लगानी बढाउन कानूनी प्रक्रिया सहज बनाउनुपर्ने अमेरिकी विज्ञको सुझाव « Khabarhub

विदेशी लगानी बढाउन कानूनी प्रक्रिया सहज बनाउनुपर्ने अमेरिकी विज्ञको सुझाव


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकास्थित पोलिसी एनालाईसिसकी निर्देशक समन्था कस्टरले विदेशी लगानी बढाउन नेपाल सरकारले कानूनी प्रक्रिया सहज बनाउनुपर्ने बताएकी छिन् ।

काठमाडौंको दरबारमार्गस्थित पेभेलियन हलमा आइएसएसआर र अमेरिकी दूतावासद्वारा सोमबार आयोजित पूर्वाधार सम्बन्धी कार्यक्रममा निर्देशक कस्टरले वैदेशिक लगानी भित्र्याउन कानुनी बाधाअड्चनहरु फुकाउनुपर्ने बताएकी हुन् ।

उनले नेपालको पूर्वाधार पहिचान र वित्तीय सहयोगका लागि स्थानीय सरकारले समुदायसँगको सहकार्यमा समेत जोड दिनुपर्ने बताइन् । नीजि क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न कारोबारको लागत कम गरी लगानीमैत्री वातावरण बनाउनुपर्ने उनको धारणा थियो ।

निर्देशक कस्टरले नेपाललाई सन् २०२२ सम्ममा विकाशोन्मुख देश बनाउन कूल ग्राहस्थ उत्पादनको १० देखि १५ प्रतिशत लगानी पूर्वाधारको विकासमा लगाउनुपर्ने बताइन् । खरिद प्रक्रियालाई मजबुत बनाउन उनले स्वतन्त्र र खुला बजारको प्रतिस्पर्धा आवश्यक रहने जनाइन् ।

कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले विकासका लागि पूर्वाधार पहिलो प्राथमिकता रहने बताए । उनले पूर्वाधारको विकासका लागि दातृ निकाय र सम्बन्धित पक्ष समेत पारदर्शी हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा पूर्वाधारविज्ञहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ८ : २३ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले