आउँदैछ ‘स्काई ट्रक’ : प्रतिकुल मौसममा पनि उडान भर्न सक्ने « Khabarhub

आउँदैछ ‘स्काई ट्रक’ : प्रतिकुल मौसममा पनि उडान भर्न सक्ने


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अमेरिकाले नेपाली सेनालाई अनुदानमा उपलब्ध गराउने स्काई ट्रक (कार्गो विमान) २०१९ को अन्त्यमा नेपाल आउने भएको छ । अमेरिकाले डेढ दशक अधि नै नेपाली सेनालाई चारवटा स्काई ट्रक अनुदान दिने प्रतिबद्धता जनाएको थियो । दरबार हत्याकाण्डपछि अमेरिकाले नेपाली सेनालाई उपलब्ध गराउँदै आएको सैन्य सहयोग रोकेको थियो ।

डेढ दशकपछि फेरि सहयोग आदानप्रदान अघि बढेको अन्नपूर्ण पोस्टमा खबर छ । यो विमानमा दुई इन्जिन रहने छन् । अत्याधुनिक कार्गो ट्रकले प्रतिकुल मौसम र विकट भौगोलिक क्षेत्रमा सहज रुपमा उडान भर्न सक्नेछ ।

त्यस्तै सहकारीमाथि नियमन कमजोर, ३० अर्ब जोखिममा शीर्षकमा छापिएको समाचारमा सरकारले तीनखम्बे अर्थ नीतिमध्ये एक सहकारी भएको दाबी गरेपनि उचित नियमन हुन नसक्दा सहकारीमा गरिएको लगानी जोखिममा पर्दै गएको छ । अहिले सहकारीमा अर्बौ रकम लगानी भइसकेको छ ।

त्यसैगरी लगानी विधेयक पारित गर्न संसद बैठक लम्बिँदै गएको, फेवामा डुबेर प्याराग्लाइडरको मृत्यु भएको, रक्तस्रावका कारण सुत्केरीको ज्यान गएको खबर प्राथमिकतामा छापिएको छ।

कृषिमा विदेशी लगानी होइन प्रविधि शीर्षकमा छापिएको सम्पादकीयमा सरकारले संसदमा दर्ता गराएको वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण विधेयकले कृषिमा केही प्राथमिक क्षेत्रमा समेत वैदेशिक लगानी खुला गर्ने व्यवस्था समावेश गरेको छ ।

कृषि क्षेत्रको दीर्घकालीन रणनीति कृषि विकास रणनीतिले कृषितर्फ प्राथमिक तथा वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण विधेयकले प्राथमिक क्षेत्रमै लगानी खुला गर्ने प्रावधान राखेपछि यसले ससाना स्वदेशी लगानीलाई समेत प्रभावित पार्ने देखिन्छ । हरेक देशले विदेशी लगानीका प्राथमिकता निर्धारण गर्छन ।

नेपालमा पनि उत्पादनको लाभ किसानले नै पाउने गरी वैदेशिक लगानी भित्रिनुपर्छ । यहाँ अहिलेको अवश्यकता भनेको लगानी नभई प्रविधि रहेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ७ : १५ बजे

सुदूरपश्चिमलाई पराजित गर्दै थ्री स्टार खप्तड गोल्डकपको फाइनलमा

धनगढी : सुदूरपश्चिमलाई पराजित गर्दै थ्री स्टार क्लव मुख्यमन्त्री सुदूरपश्चिम

सवारी दुर्घटनामा बर्दियामा एक जनाको मृत्यु

बर्दिया – बर्दियामा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज चैत १६, २०७९, अंग्रेजी क्यालेन्डर अनुसार मार्च ३०, २०२३।

सरकार व्यक्तिगत स्वार्थमा केन्द्रित भयो : ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले

उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत

काठमाडौँ – निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका