आउँदैछ ‘स्काई ट्रक’ : प्रतिकुल मौसममा पनि उडान भर्न सक्ने « Khabarhub

आउँदैछ ‘स्काई ट्रक’ : प्रतिकुल मौसममा पनि उडान भर्न सक्ने


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अमेरिकाले नेपाली सेनालाई अनुदानमा उपलब्ध गराउने स्काई ट्रक (कार्गो विमान) २०१९ को अन्त्यमा नेपाल आउने भएको छ । अमेरिकाले डेढ दशक अधि नै नेपाली सेनालाई चारवटा स्काई ट्रक अनुदान दिने प्रतिबद्धता जनाएको थियो । दरबार हत्याकाण्डपछि अमेरिकाले नेपाली सेनालाई उपलब्ध गराउँदै आएको सैन्य सहयोग रोकेको थियो ।

डेढ दशकपछि फेरि सहयोग आदानप्रदान अघि बढेको अन्नपूर्ण पोस्टमा खबर छ । यो विमानमा दुई इन्जिन रहने छन् । अत्याधुनिक कार्गो ट्रकले प्रतिकुल मौसम र विकट भौगोलिक क्षेत्रमा सहज रुपमा उडान भर्न सक्नेछ ।

त्यस्तै सहकारीमाथि नियमन कमजोर, ३० अर्ब जोखिममा शीर्षकमा छापिएको समाचारमा सरकारले तीनखम्बे अर्थ नीतिमध्ये एक सहकारी भएको दाबी गरेपनि उचित नियमन हुन नसक्दा सहकारीमा गरिएको लगानी जोखिममा पर्दै गएको छ । अहिले सहकारीमा अर्बौ रकम लगानी भइसकेको छ ।

त्यसैगरी लगानी विधेयक पारित गर्न संसद बैठक लम्बिँदै गएको, फेवामा डुबेर प्याराग्लाइडरको मृत्यु भएको, रक्तस्रावका कारण सुत्केरीको ज्यान गएको खबर प्राथमिकतामा छापिएको छ।

कृषिमा विदेशी लगानी होइन प्रविधि शीर्षकमा छापिएको सम्पादकीयमा सरकारले संसदमा दर्ता गराएको वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण विधेयकले कृषिमा केही प्राथमिक क्षेत्रमा समेत वैदेशिक लगानी खुला गर्ने व्यवस्था समावेश गरेको छ ।

कृषि क्षेत्रको दीर्घकालीन रणनीति कृषि विकास रणनीतिले कृषितर्फ प्राथमिक तथा वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण विधेयकले प्राथमिक क्षेत्रमै लगानी खुला गर्ने प्रावधान राखेपछि यसले ससाना स्वदेशी लगानीलाई समेत प्रभावित पार्ने देखिन्छ । हरेक देशले विदेशी लगानीका प्राथमिकता निर्धारण गर्छन ।

नेपालमा पनि उत्पादनको लाभ किसानले नै पाउने गरी वैदेशिक लगानी भित्रिनुपर्छ । यहाँ अहिलेको अवश्यकता भनेको लगानी नभई प्रविधि रहेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ७ : १५ बजे

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना