शिवरात्रि मनाउन पशुपतिनाथ मन्दिर पुगेका श्रद्धालु (१० तस्वीर) « Khabarhub

शिवरात्रि मनाउन पशुपतिनाथ मन्दिर पुगेका श्रद्धालु (१० तस्वीर)


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा शिवरात्रिको अवसरमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

पर्वका अवसरमा पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलेको छ । बिहानैदेखि लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाममा बसेका छन् । आज पशुपति मूल मन्दिर प्रवेशका लागि बाहिरबाट तीन मूल मन्दिर परिसरमा प्रवेश गरेपछि पाँच लाइनको व्यवस्था गरिएको छ ।

मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक/एक गरी दुई, जयबागेश्वरी–इट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तिसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिंगलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक/एक गरी दुई लाइनको व्यवस्था गरिएको छ ।

खबरहवको टोली बिहानै पशुपतिनाथ क्षेत्र परिसर पुग्दा श्रद्धालुहरु लाइनमा लागेका थिए । पूजाआजा गर्नेको पनि भीड थियो । हेर्नुहोस् पशुपतिनाथ मन्दिर परिसरमा बिहानै देखिएका १० तस्वीर :

तस्वीर : कृष्ण खत्री

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ९ : ३० बजे

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर