कर तिर्दैनन् विदेशस्थित नियोगका कर्मचारी | Khabarhub Khabarhub

कर तिर्दैनन् विदेशस्थित नियोगका कर्मचारी


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–परराष्ट्र मन्त्रालय र अन्य मन्त्रालयबाट विदेशस्थित नेपाली नियोगमा कार्यरत कर्मचारीले १० वर्षदेखि सरकारलाई कर नबुझाएको पाइएको छ । कर नतिर्नेलाई सरकारले दण्डित गर्नुपर्नेमा अधिकांश कर्मचारी वर्षेनी पुरस्कृत हुने सूचीमा रहेको राजधानी दैनिकमा खबर छ ।

वैदेशिक भ्रमणमा पाउने भत्ता रकममा आयकर ऐनअनुसार कर तिर्नुपर्नेमा छली गर्ने शृखंला विगत १० वर्षदेखि चलेको देखिन्छ । राजदूतहरुले नै कर नतिरेको पाइएको छ भने पहुँचवालालाई मन्त्रिपरिषदबाटै छुट पनि गराइएको छ ।

अवैज्ञानिक ‘पिक एन्ड ड्रप’ले सास्ती भोग्दै सर्वसाधारण शीर्षकको समाचारमा काठमाडौंको सवारी जामलाई कम गर्न काठमाडौं महानगरपालिकाले चलाएको पिक एन्ड ड्रपका कारण सर्वसाधारण यात्रु समस्यामा परेका छन् । त्यसमा पनि वृद्धवृद्धा र अशक्त धेरै समस्यामा परेका छन् । पूर्वाधारको तयारी बिना नै लागू गरिएको यो अभियान अवैज्ञानिक रहेको निष्कर्ष निकालिएको छ ।

त्यस्तै कोरियाली कम्पनी सुसुङले नेपाली सेनालाई बुझाएको काठमाडौं तराई द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को मस्यौदालाई सेनाले अध्ययनपछि मात्रै सरकारलाई बुझाउने भएको छ ।

शिक्षक आन्दोलन झनै चर्कँदै गएको डेढ लाख शिक्षक सेवाबाट बिमुख हुँदै गरेको, शैक्षिक संस्था बन्द आह्वान गरिएको लगायतका खबर छापिएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ७ : ०५ बजे

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ