२ मोटरसाइकल जुँधेर दुर्घटना : १ को मृत्यु ३ घाइते | Khabarhub Khabarhub

२ मोटरसाइकल जुँधेर दुर्घटना : १ को मृत्यु ३ घाइते


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित कृष्ण मन्दिर सडकखण्डमा मोटरसाइकल एकापसमा जुध्दा एकको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । सोमबार राति ८ बजे कृष्ण मन्दिर चोकमा पूर्वबाट पश्चिम जाँदै गरेको मे३प १८३२ नंको मोटरसाइकल र पश्चिमबाट पूर्व आउँदै गरेको को३प ७७०० नंको मोटरसाइकल एकापसमा जुधेको थियो ।

दुर्घटनामा परेर इलाम चुलाचुलीका ४० वर्षीय पुरणकुमार राईको मृत्यु भएको छ । दुर्घटनामा दमक–१० का २५ वर्षीय सुजन धिमाल, पाँचथर फाल्गुनन्द गाउँपालिकाका रमेश तुम्रोक र परिचय खुल्न नसकेको अन्दाजी ४० वर्षीय एक व्यक्ति घाइते भएका छन् ।

घाइते सबैको विराटनरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतक राई समाजवादी युवा फोरमका प्रदेश नं १ समितिका सहसंयोजकसमेत हुन्।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ८ : ५२ बजे

जुलियन असान्ज बेलायतको जेलबाट रिहा

एजेन्सी– जुलियन असान्ज अमेरिकी अधिकारीहरूसँग अपील सम्झौतामा पुगेपछि सोमबार बेलायत

व्यापारिक सटर हस्तान्तरण गर्ने भन्दै १३ करोड ठगी, छ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले कलंकी ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने

प्रतिनिधिसभाबाट आर्थिक विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ बहुमतले स्वीकृत भएको

प्रतिनिधिसभाबाट बहुमतले पारित भयो बजेट

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८१ पारित भएको छ । सभाको

सीआईबीबाट आएको भनेर जसले लुटे दुई करोड रुपैयाँ, योजनाकार फरार

काठमाडौं- आफूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी भएको बताउँदै