२ मोटरसाइकल जुँधेर दुर्घटना : १ को मृत्यु ३ घाइते « Khabarhub

२ मोटरसाइकल जुँधेर दुर्घटना : १ को मृत्यु ३ घाइते


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित कृष्ण मन्दिर सडकखण्डमा मोटरसाइकल एकापसमा जुध्दा एकको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । सोमबार राति ८ बजे कृष्ण मन्दिर चोकमा पूर्वबाट पश्चिम जाँदै गरेको मे३प १८३२ नंको मोटरसाइकल र पश्चिमबाट पूर्व आउँदै गरेको को३प ७७०० नंको मोटरसाइकल एकापसमा जुधेको थियो ।

दुर्घटनामा परेर इलाम चुलाचुलीका ४० वर्षीय पुरणकुमार राईको मृत्यु भएको छ । दुर्घटनामा दमक–१० का २५ वर्षीय सुजन धिमाल, पाँचथर फाल्गुनन्द गाउँपालिकाका रमेश तुम्रोक र परिचय खुल्न नसकेको अन्दाजी ४० वर्षीय एक व्यक्ति घाइते भएका छन् ।

घाइते सबैको विराटनरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतक राई समाजवादी युवा फोरमका प्रदेश नं १ समितिका सहसंयोजकसमेत हुन्।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ८ : ५२ बजे

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर