मार्क जुकरबर्गले सफलता हासिल गर्नुको रहस्य « Khabarhub

मार्क जुकरबर्गले सफलता हासिल गर्नुको रहस्य


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जो व्यक्ति निरन्तर मेहनत र परिश्रममा जुट्न सक्छ । उसको हातमा सफलता प्राप्त हुन्छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले सफलता पनि उनको लगातारको मेहनत र परिश्रमको फल हो । हेर्नुहोस जुकरबर्गको सफलताका पछि जोडिएका केही कुरा जुन तपाईंका लागि उपयोगी हुनसक्छ ।

आत्मविश्वास : सबैभन्दा महत्वपूर्ण कुरा भनेको आत्मविश्वास र दृढता हो । तपाईं सँग आत्म विश्वास छ भने तपाईं हरेक काममा सफलता पाउनु हुन्छ ।

आफूमा भएको क्षमता चिन्नुस : आफ्नो अवमूल्यन नगर्नुहोस् । आफूले गरेको कामलाई कहिल्यै सानो नसोच्नुहोस् । आफ्नो कामलाई ‘युनिक’ सोचेर अगाडि बढ्नुहोस् ।

कामप्रतिको लगाव : मानिसहरूले तपाईंको बारेमा के भन्छन् भन्ने कुरालाई ठुलो विषय नबनाउनुस्, तपाईं के गर्दै हुनुहुन्छ भन्ने कुरा ध्यानमा राख्नुस् । आफ्नो काम प्रति विश्वास गर्नुस । सहि काम गर्नुस् ।

सहि निर्णय : आफूलाई प्रश्न सोध्नुहोस् की म के गरिरहेको छु ? कुन आफ्ना लागि सबैभन्दा महत्वपूर्ण कुरा हो ? आफूलाई नै आफ्नो कामको महत्व थाहा छैन वा त्यो काम महत्वपूर्ण लागिरहेको छैन भने त्यो काम सफल पनि हुनै सक्दैन । त्यसैले कामको महत्व बुझ्दै सहि निर्णय लिनुस् ।

समयमै काम गर्नुस् : छिटो दौडिनुहोस् । छिटो काम गर्ने सोच बनाउनुहोस् । जबसम्म तपाईं छिटो दौडिनुहुन्न र काम गर्नुहुन्न, तपाईंले गरेको कामको कुनै महत्व नै हुँदैन । समयमै काम गर्नुहोस् । अन्यथा त्यसले समस्यामा पार्न सक्छ ।

प्रतिबद्धता : कामका लागि प्रतिबद्धताहरू बनाउनुहोस् । ती प्रतिबद्धता पूरा गरेरै छाड्नुहोस् । यसले तपाईंलाई सफल बनाउन सहयोग गर्नेछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  १० : १५ बजे

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार जनाको मृत्यु

काठमाडौं- वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन

काठमाडौं- स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष

रवि लामिछानेले ओलीका स्वर्गीय पितालाई दिए श्रद्धाञ्जली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट पार्टी

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

राँझा– भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत तरिकाले भूमि