संविधान कार्यान्वयनप्रति राप्रपा(संयुक्त) प्रतिबद्ध « Khabarhub

संविधान कार्यान्वयनप्रति राप्रपा(संयुक्त) प्रतिबद्ध


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त) ले सङ्घीयता कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । पार्टीले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टी संविधान कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए।

अध्यक्ष राणाले सिंहदरबारको अधिकार स्थानीय तहमा दिनु सङ्घीयताको मजबुत पक्ष भएको बताउँदै प्रदेश सरकारबाट शक्तिको दुरुपयोग हुनु गलत भएको बताए । राप्रपा(संयुक्त)को एजेण्डामा सहमति जनाउनका लागि पार्टीको ढोका खुल्ला रहेको बताउँदै उनले राप्रपाका कमल थापासँग चुनाव चिन्ह ‘हलो’मा सहमति नभएकाले एकीकरण हुन नसकेको प्रष्ट पारे।

अर्का अध्यक्ष डा लोहनीले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र, सबैलाई स्वीकार्य संविधानिक राजसंस्था स्थापनाको मुद्दा लिएर पार्टी अगाडि बढेको बताए । उनले भने ‘‘नेपाली काङ्ग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन भने सरकारले पनि सुशासन कायम गरी मुलुकमा भ्रष्टाचार नियन्त्रण र जनताको विकासको चाहनालाई पूरा गर्न सकेन ।’

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  १ : ३९ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको