तनहुँमा जीप दुर्घटना– दुई जनाको मुत्यु, १० घाइते | Khabarhub Khabarhub

तनहुँमा जीप दुर्घटना– दुई जनाको मुत्यु, १० घाइते


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ–  तनहुँको बन्दीपुर(३ तामुङबाट दमौली तर्फआउँदै गरेको ग१ज २९०७ नम्बरको जीप व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ ।

दुर्घटनामा परी बन्दीपुर–३ रामकोटका ७५ वर्षिय बुद्धि बहादुर थापा मगरको दमौली अस्पतालमा र जीप चालक व्यास–१४ केशवटारका विमल घर्तीको उपचारका लागि पोखरा लाने क्रममा बाटोमै मृत्यु भएको छ ।

दुर्घटनामा परि गम्भिर घाइते भएकी ६० वर्षीया देविमाया थापालाई थप उपचारका लागि पोखरा पठाइएको र अन्य १० जना घइतेको दमौलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी गराए ।

गुडिरहेको अवस्थामा अगाडीको टायर पञ्चर हुँदा जीप सडकबाट करिब दश मिटर तल खसेको ट्राफिक प्रमुख पूर्णबहादुर अधिकारीले बताए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  २ : ११ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’