अमेरिकाले भारतलाई दिँदै आएको विशेषाधिकारसहितको व्यापारिक छुट कटौती गर्ने « Khabarhub

अमेरिकाले भारतलाई दिँदै आएको विशेषाधिकारसहितको व्यापारिक छुट कटौती गर्ने


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई यसअघि अमेरिकाले दिँदै आएको विशेषाधिकारसहितको व्यापारिक छुट कटौती गर्ने भएका छन् ।

राष्ट्रपति ट्रम्पले सोमबार यसअघि ५ अर्ब ६० करोड भन्दा धेरैको भारतीय सामानको आयातमा अमेरिकामा भन्सार छुट दिइँदै आएकोमा अब त्यो बन्द गरिने जनाएका हुन् ।

अमेरिकी व्यापार घाटा कम गर्न प्रयासरत राष्ट्रपति ट्रम्पले यसअघि पनि भारतलाई आफ्नो अमेरिकी सामानमा भन्सार घटाउन आग्रह गर्दै आएका थिए ।

राष्ट्रपति ट्रम्पले कङ्ग्रेसका नेताहरुलाई पठाएको पत्रमा भारत सरकारसँग सघन वार्ताका बावजुद भारतले आफ्नो बजारमा अमेरिकी सामानलाई उचित पहुँच दिनमा विश्वस्त पार्न नसकेका कारणले आफूले यस्तो कदम चाल्नुपरेको उल्लेख गरेका छन् ।

भारतलाई दिइदै आएको विशेषाधिकार कटौति गर्ने ट्रम्पको कदम औपचारिक रुपमा कार्यान्वयन हुन भने ६० दिन लाग्नसक्ने बताइएको छ ।

अमेरिकाको ‘जेनेरलाइज्ड सिस्टम अफ प्रिफरेन्स जिएसपी’ नामक कार्यक्रमअन्तर्गत विभिन्न मुलुकका सामानले अमेरिकी बजारमा बिना भन्सार पहुँच पाउँदै आएका छन् । भारत जीएसपी कार्यक्रमअन्तर्गत अमेरिकी बजारमा बिना भन्सार पहुँच पाउने सबैभन्दा ठूलो मुलुक हो ।

यता भारतले भने अमेरिकी कदमले अमेरिकासँगको आफ्नो व्यापारमा सीमित मात्र प्रभाव पार्ने भन्दै अमरिकी कदमको बदलामा भारतले कुनै कदम नचाल्ने जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ३ : ३१ बजे

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ