२ जनाको पक्राउले खुल्यो पौनै २ अर्ब राजश्व छलीको राज, २४ फर्मविरुद्ध मुद्दा दर्ता « Khabarhub

२ जनाको पक्राउले खुल्यो पौनै २ अर्ब राजश्व छलीको राज, २४ फर्मविरुद्ध मुद्दा दर्ता


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजश्व अनुसन्धान विभागले विभिन्न समयमा राजश्व छली गर्ने फर्म (कम्पनी)विरुद्ध पौने २ अर्बभन्दा बढीको बिगो दावी गर्दै मुद्दा दर्ता गरेको छ ।

नक्कली तथा झुटा मूल्य अभिबृद्ध कर बिजक (भ्याट बिल) बनाएर राजश्व छली गर्नेविरुद्ध विभागले मुद्दा दर्ता गरेको हो ।

नक्कली भ्याट बिलको कारोबार गर्ने दुई जना जयकिशोर साह र परमेश्वर साहलाई पक्राउ गएिपछि विभागले संभवतः अहिलेसम्मकै सबैभन्दा ठूलो राजश्व छलीको पर्दाफास गरेको हो ।

नक्कली भ्याट बिलको कारोबार गरिरहेको सूचनाका आधारमा विभागले जयकिशोर र परमेश्वर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । उनीहरुमाथि अनुसन्धानपछि विभिन्न २४ फर्मले १ अर्ब ७५ करोड ४४ लाख १० हजार २ सय ३० रुपैयाँ बराबरको राजश्व छली गरेको भेटिएको हो ।

विभागले परमेश्वर साहलाई गत माघ ३ र जयकिशोरलाई ४ गते पक्राउ गरी अनुसन्धान थालेको थियो । उनीहरुले लेखपढ समेत गर्न नजान्ने तल्लो तहका मजदुरलाई प्रयोग गरी उनीहरुको नाममा फर्म कम्पनी दर्ता गराएका थिए ।

परमेश्वर र जयकिशोरको समूहले मजदुरका नाममा दर्ता भएका कम्पनीको नक्कली भ्याट बिल र बिजय बनाएर राजश्व छली गरेका विभागको अनुसन्धानबाट खुलेको छ ।

विभागले राजश्व छली गर्ने २४ कम्पनीविरुद्ध १ अर्ब ७५ करोड ४४ लाख १० हजार २ सय ३० रुपैयाँ बिगो र फर्मका सञ्चालकहरुलाई ३ वर्षसम्मको कैद सजाय माग दावी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

यी हुन् राजश्व छली गर्ने २४ फर्महरु,

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ३ : ३९ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र