सन्दीपले जिते ‘वर्ष उत्कृष्ट खेलाडी’, १ लाख ३२ हजार पुरस्कार « Khabarhub

सन्दीपले जिते ‘वर्ष उत्कृष्ट खेलाडी’, १ लाख ३२ हजार पुरस्कार


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘वर्ष उत्कृष्ट खेलाडी’ को पुरस्कार सन्दीप लामिछानेले जितेका छन् ।

क्रिकेट खेलाडी संघले पहिलो पटक आयोजना गरेको एक कार्यक्रममा उनलाई उपाधि प्रदान गरिएको हो ।

वर्ष उत्कृष्ट खेलाडीको नोमिनेसनमा परेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का दीपेन्द्रसिंह ऐरी, करण केसी,सोमपाल कामीलाई पछि पार्दै सन्दीपले उपाधि जितेका हुन् ।

सन्दीपले ३२ खेलमा ८४ विकेट लिएका थिए । विश्व टी–२० मा उत्कृष्ट प्रदर्शन र नेपालको नाम विश्वमा चिनाउन सफल भएकोमा सन्दीलाई उपाधी प्रदान गरिएको हो । उनले सम्मानपत्रसहित १ लाख ३२ हजार रुपैयाँ जितेका छन् । सन्दीप अहिले पाकिस्तानमा पीएसएल खेलिरहेका छन् ।
कार्यक्रममा सन्दीप उपस्थित भएपछि उनको उपाधि पारस खड्काले बुझेका छन् ।

क्रिकेट खेलाडी संघले पहिलो पटक आयोजना गरेको अर्वाड कार्यक्रममा विभिन्न विधा छुट्याइएको थियो ।

जसमध्ये ‘वर्ष उत्कृष्ट खेलाडी’ (पुरुष) ‘वर्ष उत्कृष्ट खेलाडी’ (महिला) ‘वर्ष उदीयमान खेलाडी’, ‘मोस्ट भ्यालुएबल मुभ्मेन्ट अफ दी इयर’ र ‘लाइफ टाइम अचिभ्मेन्ट अवार्ड’ रहेकाछन् ।

वर्षका उत्कृष्ट १० क्षण सिप्यानले यसअघि नै सार्वजनिक गरेको थियो । जसमध्ये भोटिङमार्फत् विजेता छानिएका थिए । भोटिङ समय सोमबार राति सम्म थियो ।

वर्ष खेलाडी पुरुष र महिला तथा बर्षको उदीयमान खेलाडीको मनोनयन सिप्यानले गठन गरेको प्राविधिक टोलीले आइतबार सार्वजनिक गरेको थियो ।

क्रिकेट खेलाडी संघले पहिलो पटक आयोजना गरेको अर्वाड कार्यक्रमले खेलाडीहरुका लागि उत्प्रेरणा बन्ने आशा गरिएको छ ।
पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडीले नगद १ लाख ३२ हजार पुरस्कार राशी प्राप्त गरेका छन् भने अन्य ४ वटै विधाका पुरस्कृत भएका खेलाडीले समान ६६ हजार प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ४ : ०४ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी