सन्दीपले जिते ‘वर्ष उत्कृष्ट खेलाडी’, १ लाख ३२ हजार पुरस्कार « Khabarhub

सन्दीपले जिते ‘वर्ष उत्कृष्ट खेलाडी’, १ लाख ३२ हजार पुरस्कार


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘वर्ष उत्कृष्ट खेलाडी’ को पुरस्कार सन्दीप लामिछानेले जितेका छन् ।

क्रिकेट खेलाडी संघले पहिलो पटक आयोजना गरेको एक कार्यक्रममा उनलाई उपाधि प्रदान गरिएको हो ।

वर्ष उत्कृष्ट खेलाडीको नोमिनेसनमा परेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का दीपेन्द्रसिंह ऐरी, करण केसी,सोमपाल कामीलाई पछि पार्दै सन्दीपले उपाधि जितेका हुन् ।

सन्दीपले ३२ खेलमा ८४ विकेट लिएका थिए । विश्व टी–२० मा उत्कृष्ट प्रदर्शन र नेपालको नाम विश्वमा चिनाउन सफल भएकोमा सन्दीलाई उपाधी प्रदान गरिएको हो । उनले सम्मानपत्रसहित १ लाख ३२ हजार रुपैयाँ जितेका छन् । सन्दीप अहिले पाकिस्तानमा पीएसएल खेलिरहेका छन् ।
कार्यक्रममा सन्दीप उपस्थित भएपछि उनको उपाधि पारस खड्काले बुझेका छन् ।

क्रिकेट खेलाडी संघले पहिलो पटक आयोजना गरेको अर्वाड कार्यक्रममा विभिन्न विधा छुट्याइएको थियो ।

जसमध्ये ‘वर्ष उत्कृष्ट खेलाडी’ (पुरुष) ‘वर्ष उत्कृष्ट खेलाडी’ (महिला) ‘वर्ष उदीयमान खेलाडी’, ‘मोस्ट भ्यालुएबल मुभ्मेन्ट अफ दी इयर’ र ‘लाइफ टाइम अचिभ्मेन्ट अवार्ड’ रहेकाछन् ।

वर्षका उत्कृष्ट १० क्षण सिप्यानले यसअघि नै सार्वजनिक गरेको थियो । जसमध्ये भोटिङमार्फत् विजेता छानिएका थिए । भोटिङ समय सोमबार राति सम्म थियो ।

वर्ष खेलाडी पुरुष र महिला तथा बर्षको उदीयमान खेलाडीको मनोनयन सिप्यानले गठन गरेको प्राविधिक टोलीले आइतबार सार्वजनिक गरेको थियो ।

क्रिकेट खेलाडी संघले पहिलो पटक आयोजना गरेको अर्वाड कार्यक्रमले खेलाडीहरुका लागि उत्प्रेरणा बन्ने आशा गरिएको छ ।
पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडीले नगद १ लाख ३२ हजार पुरस्कार राशी प्राप्त गरेका छन् भने अन्य ४ वटै विधाका पुरस्कृत भएका खेलाडीले समान ६६ हजार प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ४ : ०४ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको