अमेरिकाले उत्तर कोरियासँगको वार्तालाई निरन्तरता दिनेछ: पोम्पेओ « Khabarhub

अमेरिकाले उत्तर कोरियासँगको वार्तालाई निरन्तरता दिनेछ: पोम्पेओ


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ऐजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच भियतनामको राजधानी हनोईमा भएको दोश्रो शिखर वार्ता विना निष्कर्ष टुङ्गिएको एक साता नबित्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका र उत्तर कोरियाबीचको वार्ताको श्रृङ्खलाले निरन्तरता पाउने जनाएका छन् । आयोवा फार्म व्यूरोमा सम्बोधन गर्दै विदेशमन्त्री पोम्पेओले आगामी साताहरुमा उत्तर कोरिया तथा अमेरिकाबीचको वार्तालाई निरन्तरता दिइनेमा आशावादी रहेको जनाएका हुन् ।

‘म कुनै प्रतिबद्धता त जनाउन सक्दिन तर म आशावादी छु, मेरो एउटा टोली दुई साताभित्र उत्तर कोरियाको राजधानी प्योङयाङ जाने तरखरमा छ ।’ उनले भने । अघिल्लो साता हनोईमा भएको शिखर वार्ता असफल हुनुमा दुई मुलुकले छुट्टाछुट्टै कारण देखाएका थिए ।

राष्ट्रपति ट्रम्पले शिखर वार्ता असफल हुनुमा उत्तर कोरियाले आफूमाथि लगाइएको नाकाबन्दी पूर्ण रुपमा फुकुवा हुनुपर्ने माग राखेकाले वार्ता निष्कर्षविहीन भएको जनाएका थिए भने उत्तर कोरियाली विदेशमन्त्री रि योङ होले शिखर वार्तामा आफ्नो मुलुकले नाकाबन्दी पूर्ण रुपमा नभई आशिंक रुपमा नाकाबन्दी फुकुवा हुनुपर्ने माग राखेको र अर्कोपटक हुनसक्ने संभावित शिखर वार्तामा पनि आफ्नो मुलुकको अडान यही नै हुने जनाएका थिए ।

यद्यपि शिखर वार्ता असफल भएपनि अन्य वार्तालाई निरन्तरता दिने विषयमा दुबै मुलुक खुला रहने सामान्य सहमति बनेको जनाइएको छ । विदेशमन्त्री पोम्पेओले उत्तर कोरियाका सर्वोच्च नेता किमलाई आफ्नो मुलुकले आणविक हतियार त्याग्न सहमत भए उत्तर कोरियाको सुरक्षाको प्रत्याभूति दिलाउन कोशिस भइरहेको समेत जनाए ।

यसअघि दक्षिण कोरिया तथा अमेरिकाले शनिबार दुई मुलुकबीचको वृहद सैन्य अभ्यास बन्द गर्ने घोषणा गरेका थिए । सानो स्तरको सैनिक अभ्यासलाई निरन्तरता दिइएपनि वृहद स्तरको सैनिक अभ्यास बन्द गर्दा उत्तर कोरिया समक्ष सकारात्मक सन्देश जाने भन्दै त्यस्तो घोषणा गरिएको दक्षिण कोरियाली अधिकारीले जनाएका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ५ : २१ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा