मन्त्रीको राजीनामाले क्यानाडेली सरकारमा हलचल | Khabarhub Khabarhub

मन्त्रीको राजीनामाले क्यानाडेली सरकारमा हलचल


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मन्त्रिपरिषद्मा एकजना मन्त्रीले राजीनामा दिएपछि जस्टिन ट्रुडो नेतृत्वको क्यानाडाको उदारवादी सरकार अफ्ठ्यारोमा परेको छ । क्यानाडाको सरकारले पछिल्लो भ्रष्टाचार प्रकरणका क्रममा सरकारले चालेका कदमबाट असन्तुष्ट रहेको भन्दै मन्त्रिपरिषद्मा स्वास्थ्य, आदिवासी सेवामन्त्री तथा ट्रेजरी बोर्डकी अध्यक्ष जेन फिल्पोटले राजीनामा दिएकी हुन् ।

फिल्पोटले प्रधानमन्त्री ट्रुडोलाई पठाएको राजीनामा पत्रमा आफू सरकारको कामप्रति असन्तुष्ट रहेको उल्लेख छ । पछिल्लो समय क्यानाडा सरकार भ्रष्टाचार प्रकरणमा मुछिएको इन्जिनियरिङ फर्म एसएनसी लभालिनविरुद्ध आपराधिक अभियोगमा जारी अनुसन्धानका क्रममा पूर्व महान्यायाधिवक्तालाई क्यानाडाको उच्च सरकारी तथा राजनीतिक तहबाट राजनीतिक दबाब दिइएको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।

यसअघि क्यानाडाको उच्च राजनीतिक तथा सरकारी तहबाट एसएनसी लाभालिनलाई भ्रष्टाचार अभियोगमा जोगाउनका लागि पूर्व महान्यायाधिवक्ता तथा पूर्व न्यायमन्त्री जोडी विल्सन रेबल्डलाई हस्तक्षेप गर्न दबाब आएको भन्ने समाचार सार्वजनिक भएको थियो ।
विपक्षी कन्जरभेटिभ पार्टीले भ्रष्टाचार सम्बन्धी यो प्रकरणका क्रममा प्रधानमन्त्री ट्रुडोको राजीनामा माग गर्दै आएको छ ।

फिल्पोटको राजीनामा पत्रमा ‘क्यानाडाको उच्च सरकारी तहबाट पूर्व महान्यायाधिवक्तालाई एसएनसी लभालिन कम्पनीसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा हस्तक्षेप गर्न दबाब आइरहेकोमा आफू गम्भीर रुपमा चिन्तित रहेको’ उल्लेख छ ।

यता प्रधानमन्त्री ट्रुडोले भने फिल्पोटको कदमबाट आफू निराश भएको तर, ‘उनको कुरा आफूले बुझेको’ प्रतिक्रिया दिएका छन् ।
यसअघि गत फेब्रुअरी महिनामा उच्च राजनीतिक तथा सरकारी तहबाट आफूलाई यस भ्रष्टाचार प्रकरणमा अनावश्यक दबाब आएको भन्दै न्याय मन्त्री जोडी विल्सन रेबल्डले पनि पदबाट राजीनामा दिएकी थिइन् ।

आगामी अक्टोबर महिनाभित्र हुने संघीय चुनावअघि अलोकप्रिय रहेको बताइएको क्यानाडा सरकार फिल्पोटको राजीनामाले झन् अफ्ठ्यारोमा परेको जनाइएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ६ : ३१ बजे

बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा क्यान्सरको टाइप पत्ता लगाउने मेसिन सञ्चालनमा 

चितवन– चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार

प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकता : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले लामो सङ्घर्षपछि

जनताकाबीचमा गएर झुट बोल्ने मन्त्रीलाई कारबाही हुनुपर्छ :  ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अहिले

प्रधानमन्त्री गृहनगर दमक पुग्दा रास्वपाको हस्ताक्षर कार्यक्रममा प्रहरी हस्तक्षेप

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि झापाको दमकमा चलिरहेको

एयर इन्डिया दुर्घटनामा ताजा फोरेन्सिक प्रमाणले भन्यो– ‘चालक दल’ जिम्मेवार

काठमाडौं– एयर इन्डियाको विमान पाइलटले जानाजानी दुर्घटना गराएको हुन सक्ने