मन्त्रीको राजीनामाले क्यानाडेली सरकारमा हलचल « Khabarhub

मन्त्रीको राजीनामाले क्यानाडेली सरकारमा हलचल


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मन्त्रिपरिषद्मा एकजना मन्त्रीले राजीनामा दिएपछि जस्टिन ट्रुडो नेतृत्वको क्यानाडाको उदारवादी सरकार अफ्ठ्यारोमा परेको छ । क्यानाडाको सरकारले पछिल्लो भ्रष्टाचार प्रकरणका क्रममा सरकारले चालेका कदमबाट असन्तुष्ट रहेको भन्दै मन्त्रिपरिषद्मा स्वास्थ्य, आदिवासी सेवामन्त्री तथा ट्रेजरी बोर्डकी अध्यक्ष जेन फिल्पोटले राजीनामा दिएकी हुन् ।

फिल्पोटले प्रधानमन्त्री ट्रुडोलाई पठाएको राजीनामा पत्रमा आफू सरकारको कामप्रति असन्तुष्ट रहेको उल्लेख छ । पछिल्लो समय क्यानाडा सरकार भ्रष्टाचार प्रकरणमा मुछिएको इन्जिनियरिङ फर्म एसएनसी लभालिनविरुद्ध आपराधिक अभियोगमा जारी अनुसन्धानका क्रममा पूर्व महान्यायाधिवक्तालाई क्यानाडाको उच्च सरकारी तथा राजनीतिक तहबाट राजनीतिक दबाब दिइएको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।

यसअघि क्यानाडाको उच्च राजनीतिक तथा सरकारी तहबाट एसएनसी लाभालिनलाई भ्रष्टाचार अभियोगमा जोगाउनका लागि पूर्व महान्यायाधिवक्ता तथा पूर्व न्यायमन्त्री जोडी विल्सन रेबल्डलाई हस्तक्षेप गर्न दबाब आएको भन्ने समाचार सार्वजनिक भएको थियो ।
विपक्षी कन्जरभेटिभ पार्टीले भ्रष्टाचार सम्बन्धी यो प्रकरणका क्रममा प्रधानमन्त्री ट्रुडोको राजीनामा माग गर्दै आएको छ ।

फिल्पोटको राजीनामा पत्रमा ‘क्यानाडाको उच्च सरकारी तहबाट पूर्व महान्यायाधिवक्तालाई एसएनसी लभालिन कम्पनीसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा हस्तक्षेप गर्न दबाब आइरहेकोमा आफू गम्भीर रुपमा चिन्तित रहेको’ उल्लेख छ ।

यता प्रधानमन्त्री ट्रुडोले भने फिल्पोटको कदमबाट आफू निराश भएको तर, ‘उनको कुरा आफूले बुझेको’ प्रतिक्रिया दिएका छन् ।
यसअघि गत फेब्रुअरी महिनामा उच्च राजनीतिक तथा सरकारी तहबाट आफूलाई यस भ्रष्टाचार प्रकरणमा अनावश्यक दबाब आएको भन्दै न्याय मन्त्री जोडी विल्सन रेबल्डले पनि पदबाट राजीनामा दिएकी थिइन् ।

आगामी अक्टोबर महिनाभित्र हुने संघीय चुनावअघि अलोकप्रिय रहेको बताइएको क्यानाडा सरकार फिल्पोटको राजीनामाले झन् अफ्ठ्यारोमा परेको जनाइएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ६ : ३१ बजे

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित