सीप्यान अवार्ड– पहिलो क्युरेटरदेखि उदीयमान खेलाडीको ‘पहिचान’ « Khabarhub

सीप्यान अवार्ड– पहिलो क्युरेटरदेखि उदीयमान खेलाडीको ‘पहिचान’



काठमाडौं– मंगलबार नेपाली क्रिकेटमा योगदान पुर्‍याएका ४ क्रिकेट खेलाडी तथा एक जना पूर्व क्रिकेटरलाई क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) बाट सम्मानित भएका छन् ।

राजधानीमा आयोजीत उक्त कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पुरुषतर्फ ‘वर्ष क्रिकेट खेलाडी’ बने भने महिलातर्फ सीता राना मगर सम्मानित भइन् ।

लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित कोमलबहादुर पाण्डे

वर्षको ‘उदीयमान खेलाडीको अवार्ड रोहित कुमार पौडेलले जितेका छन् ।

यस्तै, करण केसीले ‘मोस्ट भ्यालुएवल मुभमेन्ट अफ दी इयर’ र कोमल कहादुर पाण्डेले ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ पाए ।

पाकिस्तान सुपर लिग (पीएसएल) का लागि दुबईमा रहेका सन्दीपको पुरस्कार राष्ट्रिय टोलीका कप्तान पारस खड्काले ग्रहण गरे । युवा स्पिनर सन्दीपले २०१८ मा नेपाली क्रिकेट टोलीले पाएको सफलतामा महत्वपूर्ण भूमिका निभाएकै कारण उनी वर्ष उत्कृष्ट खेलाडी बन्न सफल भए । उनले अवार्डसहित १ लाख ३२ हजार नगद पुरस्कार पाए ।

अवार्डका लागि मनोनयनमा सन्दीपसँगै राष्ट्रिय टोलीका कप्तान पारस खड्का, बलिङ अलराउण्डर सोमपाल कामी, ब्याटिङ अल राउन्डर दीपेन्द्रसिंह ऐरी तथा करण केसी रहेका थिए ।

सन्दीपले सन् २०१८ मा राष्ट्रिय टोलीबाट खेलेका ३२ अन्तर्राष्ट्रिय खेलमा ८४ विकेट लिएका थिए । जसमध्ये ५ प्रतियोगितामा उनी ‘प्लेयर अफ दि सिरिज’ र ८ खेलमा ‘प्लेअर अफ दि म्याच’ भएका थिए ।

महिलातर्फ वर्ष क्रिकेट खेलाडी खेलाडीकाे अवार्ड ग्रहण गर्दै सीता रानामगर

पुरुषतर्फ सन्दीप उत्कृष्ट खेलाडी बन्दा महिला क्रिकेटको सफलतामा महत्वपूर्ण भूमिका निभाएकी सीता राना मगर उत्कृष्ट महिला खेलाडी बनिन् । उनले अर्वाड सहित ६६ हजार पुरस्कार पाइन् । महिला टोलीकी कप्तानसमेत मनोनयनमा परे पनि सीताले पुरस्कार हात पारिन् । महिला क्रिकेट खेलाडीको मूल्याङ्कन थाइल्यान्डमा भएको ट्वान्टी—२० स्म्याश क्रिकेट प्रतियोगितामा खेलाडीको प्रदर्शनका आधारमा पुरस्कार दिइएको थियो । महिला वर्ष खेलाडीमा सीतासँगै महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासी, इन्दु बर्मा, करुणा भण्डारी र सरिता मगर पनि मनोनयनमा परेका थिए ।

पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीमा युवा खेलाडीहरुको प्रतिनिधित्व बढ्दो क्रममा छ । त्यस्तै, नेपाली क्रिकेटमा युवा खेलाडीहरुलाई आकर्षित गर्न सिप्यानले उदीयमान खेलाडीलाई पनि अवार्ड प्रदान गरेको छ । सन् २०१८—०१९ मा उदीयमान खेलाडीको अवार्ड राष्ट्रिय टोलीका युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले हात पारेका छन् । उनले नेपालबाट डिभिजन २ मा डेब्यु गर्दै टोलीका लागि महत्वपूर्ण खेलमा उत्कृष्ट ब्याटिङ गर्दै आएका छन् । केही समय अगाडि युएईविरुद्धको एकदिवसिय अन्तराष्ट्रिय शृङ्खला (ओडीआई) मा अर्धशतक बनाउँदै पुरुष खेलाडी तर्फ विश्वकै एकदिवसीयमा अर्धशतक पूरा गर्ने कान्छो खेलाडीको किर्तीमानी बनाए ।

२० वर्ष लामो इतिहास बोकेको नेपाली क्रिकेट इतिहासमा पछिल्लो एक वर्षमा नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा पाएको सफलता मध्येको सबैभन्दा सम्झनलायक क्षणमध्ये उत्कृष्ट १० क्षण आयोजकले यसअघि सार्वजनिक गरेको थियो ।

जसमा करण केसीले डिभिजन २ मा क्यानडाविरुद्धको खेलमा अविजित ४२ रन बनाउँदै टोलीलाई एकदिवसीय क्रिकेट छनोटसम्म पुर्‍याएको क्षणले अवार्ड जितेको छ । करणले अवार्डसहित ६६ हजार नगद पुरस्कार हासिल गरे ।

उदीयमान खेलाडीको अवार्ड जितेका रोहित कुमार पौडेल

१० क्षणमा नेपाली टोलीका कप्तान पारस खड्काको एकदिवसीय शतकसहित युवा खेलाडी सन्दीप जोराको अर्धशतक पनि महत्वपूर्ण क्षणका लागि मनोनयनमा परेको थियो ।

क्रिकेट खेलाडी संघ नेपालले नेपाली क्रिकेट विकासमा योगदान पुर्‍याएका कोमल बहादुर पाण्डेलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको छ । ७८ वर्षे पाण्डे नेपालका पहिलो पुस्ताका क्रिकेट खेलाडी तथा पहिलाे क्युरेटर (क्रिकेट ग्राउण्डको पिच निर्माण गर्ने व्यक्ति) समेत हुन् ।

२०७३ सालमा गठन भएको क्रिकेट खेलाडी संघ नेपालले पहिलो पटक आयोजना गरेको अवार्ड कार्यक्रमलाई आगामि वर्षहरुमा पनि निरन्तरता दिने संघका अध्यक्ष डा. मनिस राज पाण्डेको भनाइ थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ७ : २४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार