स्पेनको डढेलो अझै नियन्त्रणबाहिर « Khabarhub

स्पेनको डढेलो अझै नियन्त्रणबाहिर


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तरी स्पेनका विभिन्न २० स्थानमा अझै ३७ डढेलो सक्रिय रहेको स्पेनी अधिकारीले जनाएका छन् । गत आइतबार बेलुकीबाट शुरु भएका १ सय ३९ भन्दा धेरै डढेलोमध्ये अधिकांश नियन्त्रणमा आइसकेपनि अझै केही डढेलो नियन्त्रणमा आइसकेको छैन ।
हाल उत्तरी स्पेनमा ४ सय भन्दा धेरै अग्नि नियन्त्रक डढेलो निभाउन लागि परेका छन् ।

डढेलोबाट सयौँ हेक्टर जंगल क्षेत्र खरानी भएको र डढेलोले नजिकका शहरहरु पनि असुरक्षित रहेको जनाइएको छ ।
हाल सुदूर उत्तरी स्पेनको आस्तोरियास स्वायत्त समुदायका विभिन्न क्षेत्रमा अझै डढेलो सक्रिय रहेको र डढेलो निभाउने प्रयास भइरहेको छ । त्यसबाहेक उत्तरी बास्क क्षेत्रमा पनि डढेलो लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसअघि सोमबार आस्तुरियास स्वायत्त समुदायको क्षेत्रीय व्यवस्थापिकाका अध्यक्ष गुलिर्मो मार्टिनेजले त्यहाँ लागेका डढेलोमध्ये ८० प्रतिशत डढेलो जानाजान लगाइएको भन्दै त्यसको निन्दा गरेका थिए ।

आस्तुरियासका अधिकारीले डढेलोबारे अनुसन्धान भइरहेको र डढेलो लगउने जो कोही दोषी देखिएपनि कानूनसम्मत कारवाही गरिने जनाएका छन् ।

यता संरक्षण अभियन्ताहरुले भने भेडा र गाइवस्तु चराउने गोठालाले नयाँ घाँस उमार्नका लागि आगो लगाउने गरेको र त्यसलाई सरकारले बेवास्ता गर्दै आएकाले डढेलो लागेको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ९ : २५ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक