मसुद अजहरका भाइ र छोरासहित ४४ पक्राउ | Khabarhub Khabarhub

मसुद अजहरका भाइ र छोरासहित ४४ पक्राउ


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानले आतंकवादी समूह जैश–ए–मोहम्मदका नेता मौलाना मसुद अजहरका नजिकका दुई नातेदारसहित दर्जनौँ संदिग्ध लडाकुलाई गिरफ्तार गरेको छ । पाकिस्तानी आन्तरिक मामिला मन्त्रालयका प्रवक्तले मंगलबार जनाए अनुसार मौलाना मसुद अजहरका छोरा हम्माद अजहर तथा भाई मुफ्ती अब्दुल रउफसहित ४४ जना संदिग्ध लडाकुलाई गिरफ्तार गरिएको हो ।
गत फेब्रुअरी १४ मा भारत प्रशासित कश्मीरको पुलावामामा ४४ जना भारतीय अर्धसैनिकको ज्यान जानेगरी भएको आत्मघाती आक्रमणको जिम्मा लिएको आतंकवादी समूह जैश–ए–मोहम्मदका लडाकुलाई गिरफ्तार गर्न पाकिस्तानसमक्ष दबाब रहँदै आएको थियो ।
पाकिस्तानले सो समूहका नेता मौलाना मसुद अजहरलाई भने गिरफ्तार गरेको छैन ।
पुलावामा आक्रमणपछि भारतले पाकिस्तानलाई बुझाएको पत्रमा आक्रमणमा मसुद अजहरका भाइ मुफ्ती अब्दुल रउफ तथा छोरा हम्माद अजहरको नाम उल्लेख रहेको बताइएको छ ।
पाकिस्तानका सबै प्रान्तका प्रतिनिधि सम्मिलित राष्ट्रिय सुरक्षा समितिको उच्चस्तरीय बैठकपछि पाकिस्तानी सुरक्षा निकायको निगरानीमा रहेका संदिग्ध लडाकुलाई गिरफ्तार गरिएको जनाइएको छ ।
यद्यपि पक्राउ गरिएका सबैको नाम भारतले पाकिस्तान समक्ष बुझाएको पत्रमा उल्लेख नभएको बताइएको छ ।
त्यसबाहेक पाकिस्तान सरकार आतंकवादी समूहको सम्पत्ति पनि रोक्का गर्न तयार रहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको । पाकिस्तानको १९९७ को प्रतिआतंकवाद अधिनियम अनुसार पाकिस्तानले आतंकवादी समूहको सम्पत्ति रोक्का गर्न समेत तयार रहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको हो ।
यदी कुनै समूहविरुद्ध पाकिस्तानले प्रमाण भेटेमा पाकिस्तानले ती समूहविरुद्ध अनुसन्धान गरी आवश्यक कानूनी कदम चालिने जनाइएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  १० : ०० बजे

जेन–जी आन्दोलनपछि कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै

कैलाली– यही भदौ २४ गते ‘जेन-जी’ प्रदर्शनका क्रममा आगजनी र

वर्तमान परिस्थितिमा सम्हालिएर अघि बढ्नुको विकल्प छैन : कांग्रेस नेता शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले मुलुकको पछिल्लो

एमालेले तत्काल ओलीको विकल्प नखोज्ने, आन्दोलनमा पनि नजाने

काठमाडौँ- सम्भवत: विश्वकै छोटो आन्दोलनमार्फत् सत्ताबाट अप्रत्यासित बहिर्गमनमा परेको नेकपा

अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ

‘भोजपुरे खुकुरी’को माग उच्च : बनाउने कालीगढको चरम अभाव

भोजपुर– परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै