नेयमार र एम्बाप्पेको गोलले पीएसजीको जीत | Khabarhub Khabarhub

नेयमार र एम्बाप्पेको गोलले पीएसजीको जीत


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेयमार र केलियन एम्बाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन पीएसजीले लिग वानमा मार्सेलीलाई हराएको छ ।

बुधबार राति घरेलु मैदानमा भएको खेलमा पीएसजीले मार्सेलीलाई २-१ गोल अन्तरले हराएको हो ।

चोट मुक्त हुँदै मैदान फर्किएका नेयमारले पीएसजीकालागि पहिलो गोल गरे ।

एमबाप्पेले आकर्षक ब्याकहिल गोल गर्दै पीएसजीलाई ५२ औ मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । एन्जल डी मारियाको पासमा उनले गोल गरेका हुन् ।

खेल सकिन ५ मिनेट बाँकी छँदा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीको जित सुनिश्चित गरेका थिए ।

जितपछि पीएसजीले १५ खेलबाट ३६ अंक सहित तालिकामा अग्रतालाई कायम गर्यो । मार्सेली ३१ अंक सहित दोस्रो स्थानमा रह्यो ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ७ : १० बजे

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र

गाईघाटमा तरकारीको मूल्य दोब्बर बढ्यो

उदयपुर – जेनजी पुस्ता’को आन्दोलनदेखि सेनाको निषेधाज्ञासम्मको अवस्था बिस्तारै हटेपछि

मन्त्रिपरिषद् विस्तार : यी तीन मन्त्रीले भोलि लिनेछन् सपथ

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तीन जना मन्त्रीको नाम

रास्वपाको भर्चुअल बैठक : सुमनाले पार्टी छोड्नुको कारणबारे छानबिन हुनुपर्ने माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय, प्रदेश र जिल्ला