प्रिमियर लिग फुटबल : चेल्सीले एस्टन भिल्लालाई हरायो « Khabarhub

प्रिमियर लिग फुटबल : चेल्सीले एस्टन भिल्लालाई हरायो


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टमी अब्राहमको आगमनमा चेल्सीले प्रिमियर लिग फुटबलमा एस्टन भिल्लालाई हराएको छ ।

चोट मुक्त हुँदै मैदान फर्किएका अब्राहमले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गरेपछि चेल्सीले स्टामफोर्ड ब्रिजमा एस्टन भिल्लालाई २–१ गोल अन्तरले हराएको हो ।

चेल्सीका पुर्व कप्तान समेत रहेका जोन टेरी एस्टन भिल्लाको प्रशिक्षकको रुपमा स्टामफोर्ड ब्रिज आएका थिए । उनलाई चेल्सीका समर्थकले घरेलु मैदानमा राम्रो सत्कार दिए । ब्यानर सहित चेल्सी समर्थकले टेरीको योगदानको कदर गरेका थिए ।

टेरीले समेत क्लब र प्रशिक्षक समेत रहेका पुर्व सहकर्मी फ्रान्क लाम्पार्डको प्रशंसा गरेका थिए । खेलमा अग्रता चेल्सीले २४ औं मिनेटमा अब्राहमको गोलबाट लिएको थियो । २२ बर्षका ईङल्याण्डका फरवार्डले चोटका कारण वेस्ट ह्यामविरुद्वको अघिल्लो खेल गुमाएका थिए ।

ट्रजिगीले ४१ औ मिनेटमा पाहुना टोलीकालागि बराबरी गोल फर्काए । तर विलियमको क्रसमा अब्राहमले मिलाईदिएको पासमा मासन माउन्टले ४८ औ मिनेटमा चेल्सीका लागि विजयी गोल गरे गरेका थिए ।

लगातार एकपछि अर्को हारले दबाबमा आएको चेल्सीलाई पछिल्लो जितले राहत दिएको छ । चेल्सी २९ अंक सहित तालिकाको चौथो स्थानमा रहेको छ । उसले पाँचौ स्थानका उल्भ्ससंग ६ अंकको अग्रता बनाएको छ ।

तालिकाको १५ औं स्थानमा रहेको एस्टन भिल्ला १५ अंक सहित रेलिगेशन जोन भन्दा मात्र एक अंकले माथि छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ७ : २९ बजे

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ दुई लाख ९९ हजार आठ सय

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट

टोटी खोलामा पक्की पुल निर्माण थालियो

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन

चौध करोडमा अस्पताल भवन निर्माण

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १४ करोड १० लाखको लागतमा

अक्षरभित्र ब्रह्माण्डको ऐना

मनप्रसाद सुब्बा भारतीय-नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक