लिभरपुलले एभर्टनलाई ५-२ ले हरायो « Khabarhub

लिभरपुलले एभर्टनलाई ५-२ ले हरायो


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इङ्लिस प्रिमियर लिग फुटबलमा लिभलपुलले एभर्टनमाथि फराकिलो जित निकालेको छ । बुधबार भएको खेलमा लिभरपुलले एनफिल्डमा एभर्टनलाई ५–२ गोल अन्तरले हराएको हो ।

लिभरपुलसंग फराकिलो हार ब्यहोरेका एभर्टनका प्रशिक्षक मार्को सिल्भा बर्खास्तीको नजिक पुगेका छन् । पछिल्लो हारले रेलिगेशन जोनमा धकेलिएको एभर्टनका प्रशिक्षकमाथि बर्खास्तीको दबाब थपिएको हो ।

लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले मुख्य गोलकिपर एलिसनको निलम्बन, फाबिन्होको चोट र मोहमद सलाहा र रोबर्टो फिर्मिन्होलाई आराम दिदै उतारेको सुरुवाती सेटले फरालिको जित निकालेको हो ।

लिभरपुलले प्रभावशाली जित निकाल्ने क्रममा पहिलो हाफमै चार गोल गरेको थियो । साडियो मानेको पासमा डिभोक ओरिजीले दुई तथा जर्दान साकिरीले एक गोल गर्दै लिभरपुललाई सहज सुरुवात दिलाएका थिए ।

माने आफैले एक गोल गरेको खेलमा विजनाल्डमले अन्तिम मिनेटमा लिभरपुलका लागि गोल गरेका थिए । एभर्टनका माईकल केन र रिचर्डलिसनले एक एक गोल गरे ।

दोस्रो हाफमा दुवै टोलीले गोलका अवसर चुकाएका थिए । त्यसमा लिभरपुलका माने र एभर्टनका वैकल्पिक खेलाडी मोइसी केन रहे ।

लिभरपुलले १५ खेलबाट ४३ अंक सहित तालिकामा अग्रता कायम गर्यो । उसले दोस्रो स्थानको लेस्टर सिटीसंग ८ अंकको अग्रता बनायो ।

एभर्टन १४ अंक सहित तालिकाको पुछारदेखि तेस्रोमा रह्यो ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ७ : ४० बजे

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ दुई लाख ९९ हजार आठ सय

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट

टोटी खोलामा पक्की पुल निर्माण थालियो

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन

चौध करोडमा अस्पताल भवन निर्माण

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १४ करोड १० लाखको लागतमा

अक्षरभित्र ब्रह्माण्डको ऐना

मनप्रसाद सुब्बा भारतीय-नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक