पुलिस रिपोर्ट अब अनलाइनबाटै पाइने « Khabarhub

पुलिस रिपोर्ट अब अनलाइनबाटै पाइने


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पुलिस रिपोर्ट लिनका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको नेपाल प्रहरीले अन्त्य गरेको छ । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले पुलिस रिपोर्ट बनाउन सक्नेछन् ।

नेपाल प्रहरीले आफ्नो स्थापना दिवसको अवसर पारेर गत असोजबाटै यस्तो व्यवस्थाको सुरुवात गरेको भए पनि गत आइतबारबाट भने सेवाग्राहीको सुविधालाई ध्यान दिँदै पूर्ण रूपमा यस्तो व्यवस्था लागू गरिएको हो ।

नेपाल प्रहरीका डीआईजी एवं केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले पुलिस रिपोर्टका लागि धेरै दिन लगाएर सेवाग्राही प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गरिएको बताए ।

उनले दैनिक १ हजारको संख्यामा सेवाग्राहीले अनलाइन प्रणालीबाट पुलिस रिपोर्टका लागि आवेदन दिने गरेको समेत जानकारी दिए । सो संख्या दिन प्रतिदिन बढ्ने क्रममा रहेको छ । यो प्रणाली सुरु भएसँगै लाइन लगाएर पुलिस रिपोर्ट दिनसमेत अन्त्य गरिएको छ ।

पुलिस रिपोर्ट आवश्यक पर्ने व्यक्तिले अब नेपाल प्रहरीको वेबसाइटमा गएर फर्म भर्नुपर्ने हुन्छ । वेबसाइट खोलेपछि दायाँतर्फ पुलिस क्लिरेन्स रजिस्ट्रेसन सिस्टम अनलाइन अप्लाइमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि माग भएबमोजिम सेवाग्राहीले विभिन्न चरणमा गरेर विवरण भर्नुपर्ने हुन्छ ।

यस्तै, सेवाग्राहीले आफूलाई पुलिस रिपोर्ट किन आवश्यक परेको हो भन्ने बेहोरासमेत खुलाउनुपर्नेछ । यस्तै, आफू पहिले कुनै आपराधिक घटनामा संलग्न भएको वा नभएको भन्नेबारे समेत मागेको जवाफ सेवाग्राहीले अनलाइन प्रणालीबाटै दिनुपर्ने हुन्छ ।

माग भएअनुसार सबै विवरण भरिसकेपछि अन्तिम चरणमा सम्पूर्ण विवरण देखाउँछ । यदि नमिलेको खण्डमा सच्याउन सकिन्छ । सबै विषयलाई मागअनुसार रजिस्ट्रेसन गरिसकेपछि सेवाग्राहीलाई एप्लिकेसन नम्बर प्राप्त हुन्छ ।

सेवाग्राहीले अनलाइनबाट फाराम भरेको तीन दिनपछि नेपाल प्रहरीको केन्द्रीय कार्यालयको चालचलन शाखाबाट रिपोर्टको सक्कल लिन सक्नेछन् ।

तर, अनलाइन सिस्टममा नै देखाइएको विवरणअनुसारको रिपोर्टलाई समेत सेवाग्राहीले लिन चाहे विवरण भरेपछि तत्कालै लिन सक्नेछन् । प्रहरी प्रवक्ता पोखरेलले यदि कसैलाई हार्ड कपी आवश्यक परे मात्र काठमाडौं आउनुपर्ने नभए अनलाइन प्रणालीमा प्राप्त विवरणबाट समेत कतिपय काम गर्न सकिने जानकारी दिए ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ७ : ५९ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर