सहाराविहीन विद्यार्थीलाई विद्यालयमै खाने–बस्ने व्यवस्था « Khabarhub

सहाराविहीन विद्यार्थीलाई विद्यालयमै खाने–बस्ने व्यवस्था


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व- रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ रुकुमकोटस्थित रुक्मिणी माध्यमिक विद्यालयले सहाराविहीन विद्यार्थीलाई विद्यायमै पढाउन थालेको छ ।

विभिन्न कारणले सहाराविहीन बनेका जिल्लाका १३ विद्यार्थीलाई विद्यालयमै राखेर पढाउन थालिएको हो । कक्षा १ देखि ९ सम्मका नियमित विद्यालय आउन नसक्ने सहाराविहीन विद्यार्थी छनोट गरेर विद्यालयले पठनपाठनका साथै खाने र बस्ने व्यवस्था पनि विद्यालयमै गरिदिएको विद्यालयले जनाएको छ।

सहाराविहीन १३ विद्यार्थीलाई विद्यालायमा राखे पनि विद्यालयमा छात्रावास भने छैन । तर, विद्यालय भवनलाई नै विद्यार्थी बस्ने गरी व्यवस्थापन गरिएको छ । सहाराविहीन भएकै कारण शिक्षाबाट बञ्चित नहुन् भनेर विद्यालयमै राखेर पढाउन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवचन्द्र समालले जानकारी दिए ।

बुबाआमा नभएका एवं बुबा र आमामध्ये एक नभएका विद्यार्थी नियमित पठनपाठनबाट बञ्जित भएपछि विद्यालयले आफ्नै स्रोतबाट विद्यालयमै बसेर पढ्ने व्यवस्था गरेको अध्यक्ष समालको भनाइ छ ।

केही विद्यार्थी नियमित पढ्न आउन नसक्ने भएपछि सोधखोज गरेर उनीहरुलाई विद्यालयमै राखेर पढाउन थालिएको प्रधानाध्यापक कृष्ण गौतमले बताए ।

उनका अनुसार कम्तीमा २० जति विद्यार्थीलाई आवासीय सुविधा दिएर पठनपाठन गराउने विद्यालयको उद्देश्यअनुसार सहाराविहीन बालबालिकालाई निःशुल्क पढाउन शुरु गरिएको छ ।

प्रतिविद्यार्थी मासिक २ हजार रुपैयाँ तिर्ने गरी खाना खुवाउने व्यक्तिसँग विद्यालयले सम्झौता गरेको छ । हाल विद्यालयको आन्तरिक स्रोतबाट त्यसको व्यवस्थापन गरिए पनि केही निकायसँग सहयोगका लागि पनि सरसल्लाह भइरहेको प्रधानाध्यापक गौतमले बताए ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ८ : ०८ बजे

चितवनमा तेरीको उत्पादन घट्यो

चितवन– जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका

इरान युद्ध १५ औँ दिनमा : सैन्य क्षमता सिध्याएको ट्रम्पको जिकिर, इरानद्वारा खण्डन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अवरोध पुर्‍याएको हर्मुज

फागुन महिनामा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ– पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

रुद्रवेणी–वामीटक्सार सडक चैतभर बन्द हुने

गुल्मी– गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको छ

नेताबीच जुहारी होइन, आत्मसमीक्षा गरौँ : याेगेश

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका